निषेधाज्ञाको मौका छोप्दै उद्योगीले बढाए चिनीको मूल्य

- May 8, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशमा जनता कोरोना भाइरसबाट आंतकित भएको अबस्थामा केही व्यापारीलाई भने यो भाईरसका कारण गरिएको निषेधाज्ञा कृत्रिम अभाब सृजना गर्ने र अकुत सम्पत्ति कमाउने गतिलो माध्याम बनेको छ । विषम् परितस्थिको मौका छौप्दे केही व्यापारीले खाद्य सामानको मुल्यमा भारी बृद्धि गरेको भेटिएको छ । पछिल्लो समयमा निषेधाज्ञाको मौका छोपेर नेपालका उद्योगले चिनीको मूल्य मुल्य आफुखुशी बृद्धि गरेका छन् ।

निषेधाज्ञा सुरु भएपछि उद्योगले चिनीको मूल्यमा प्रति किलो ८ रुपैयाँसम्म बेद्धि गर्दै लुटधन्दा चलाएको आरोप समेत लागेको छ । यस्ता बेलामा चिनी उद्योगले मूल्यवृद्धि गरि उपभोक्तालाई ठगी गरेका छन् । दुई सातायता चिनीको मूल्यमा वृद्धि भएको व्यापारीहरुले स्वीकार गरेका छन् ।  ‘बजारमा चिनीको अभाव छ, उद्योगहरूमा पनि चिनी लगभग रित्तिएको अवस्था भएकोभन्दै मुल्य बृद्धि गरेको पाइएको छ । यसरी मुल्य बृद्धि गर्दा समेत सरकारभने कानमा तेल हालेर बसेको आरोप उपभोक्ताहरुको रहेको छ । कारखानाबाट प्रति किलो ७८ रुपैयाँले चिनी बिक्री हुदै आएको छ । अहिले उद्योगले प्रति किलो ८६ रुपैयाँ भन्न थालेका छन् । सरकारले साल्ट ट्रेडिङ र नेसनल ट्रेडिङलाई २० प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न दिएजस्तै सुविधा चिनीमा आधारित उद्योगले पनि पाउनु पर्ने माग गरे। चिनीको भन्सार महसुल ४० प्रतिशत र भ्याट समेत छ। जाजूले सरकारले समयमै बुद्धि नपुर्‍याए चिनीको मूल्य प्रति किलो १ सय रुपैयाँभन्दा बढी हुने दाबी गरे।

निषेधाज्ञापछि बजारमा चिनीको खुद्रा मूल्य ८६ बाट ९२ पुगिसकेको छ। अहिले भारतमा चिनीको कारखाना मूल्य प्रति किलो नेरु ५३ रुपैयाँ छ । नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले यस वर्ष चिनीको राष्ट्रिय उत्पादनमा ४० प्रतिशतले ह्रास आएकाले मूल्यवृद्धि भएको बताएका छन् ।  उनले सरकारले उखु कृषकलाई दिने अनुदानको रकम उपलब्ध गराउन आनाकानी गरेकाले किसानको ठूलो हिस्सा उखुखेतीबाट पलायन भएको बताए। त्यस्तै केही उद्योगले किसानलाई भुक्तानी नै नगरेकाले निरासा अझ झ्याङ्गिएको छ। त्यसैले गत वर्षदेखि उखुको उत्पादन नै कम भएकाले चिनीको उत्पादन पनि प्रभावित भएको उनको भनाइ छ। निषेधाज्ञाको समयमा चिनीको मूल्य बढाएर गैर व्यवसायिक आचरण उद्योगीहरुले देखाएको आरोप उपभोक्ताबादीहरुको रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!