ओम सर्जिकल कन्सर्न र भन्सार कर्मचारीको मिलिमतोमा यसरी हुन्छ राजश्व छली

- April 16, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । डाक्टर र सर्जिकल सामान बिक्री गर्ने कम्पनीका सञ्चालकबीच भएको अबैध गठबन्धनकै कारण अप्रेशन गर्नु पर्ने विरामीका अभिभाबकहरु अत्याधिकमात्र ठगीन पुगेका छन् । देशभर सञ्चालनमा रहेका अस्पतालमा कार्यरत डाक्टर र सर्जिकलको सामान बिक्री गर्ने कम्पनीबीच कमिशनकै खेलमा छोटो समयमा अत्याधिक औषधी र अप्रेसनकालागि चाहिने सामाग्री माग गर्ने गलत प्रथा अहिले अस्पतालमा मौलाउदै गएको छ । छोटो समयमा छिटोभन्दा छिटो सामान ल्याउनुभन्दै डाक्टरबाट विरामीका आफन्तलाई उर्दि दिएसंगै हतारमा सामान किन्दा व्यापारीले अत्याधिक मुल्यमा सस्तो सामानलाई बिक्री गर्दै आएछ भने अर्कोतर्फ करोडौ रुपैयाँ भन्सार राजश्ज र कर समेत छली हुदै आएको छ । एकातर्फ सेवाग्राही अत्याधिक मंहगो मुल्यमा सामान खरिद गर्नु पर्ने बाध्यता रहेको छ भने अर्को तर्फ आयकर, राजश्व र कर समेत छली गर्दै आएको पाईएपछि पछिल्लो पटक त्यस्ता कम्पनीमाथी मुद्दा समेत दर्ताभएको पाईएको छ । यसैक्रममा काठमाडौ महानगरपालिका– ११, त्रिपुरेश्वर स्थित ओम सर्जिकल कन्सर्न प्रालिले विद्यमान ऐन विपरित काम कारबाही गरेको भन्दै मुद्दा समेत परेको छ । सो कम्पनीको स्थायी लेखा नंम्बर ६०१८७०५१४ का संचालक तथा भन्सार प्रतिनिधि समेत ४ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड ६ लाख ७२ हजार ९ सय ८१ पैसा विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

ओम सर्जिकल कन्सर्नले स्थायी लेखा न का संचालक दलबहादुर भण्डारी समेत तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार

विभागका अनुसार प्राप्त सवै सवुद प्रमाणबाट ओम सर्जिकल कन्सर्नले स्थायी लेखा न ६०१८७०५१४ का संचालक दलबहादुर भण्डारी समेत तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार गरी सोही बमोजिम वास्तविक भन्दा फरक मालवस्तु भन्सार घोषणा गरी आंफुहरुलाई फाईदा र सरकारलाई हानी नोक्सानी पु¥याएको भन्दै मुद्दा दायष्र गरिएको उल्लेख छ । कर छलीको योजनाका साथ कार्य गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को खण्ड(क), (ख), (च) र (छ) बमोजिम राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ) बमोजिम कूल जम्मा विगो एक करोड ६ लाख ७२ हजार नौ सय नौ रुपैयाँ एकासी पौस कायम गरी उक्त फर्मका संचालक तथा भन्सार प्रतिनिधिलाई विपक्षि बनाई मुद्दा दायर भएको छ । उनीहरुमाथी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन २०७६) को दफा २३ (१), २३ (१) को खण्ड (ख), २३ (२) र २३ (४) वमोजिम विगो रकम जफत एवं असुल उपर गरी जरिवाना र कैद सजाय हुन मागदावी लिई २०७८ बैसाक २ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको छ ।
यसैगरी, राजस्व अनुसन्धान विभागले दुई कम्पनीविरुद्ध ३० करोड २८ लाखको माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक प्रयोग गर्ने कम्पनीविरुद्ध अस्थायी इजलास वीरगंज र उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। नक्कली बिजक जारी गर्ने न्यु राहुल मोबाइल सेन्टरविरुद्ध १२ करोड ३५ लाख मागदाबी गरिएको छ।  यस्तै ब्याहुत ट्रेडर्स वीरगंजका प्रोप्राइटर अनिलकुमार कलवारबाट १७ करोड ९२ लाख मागदाबीसहित मुद्दा दायर गरिएको छ। यो कम्पनीले मालवस्तु खरिदको विवरण लुकाइछिपाइ बिक्री गर्दा समेत बिजक जारी नगरेको भेटिएको छ भने कानुन विपरीत छुट्टै खाता तयार गरी कारोबारलाई नदेखाई गर्नुपर्ने भन्दा घटी कारोबार गरेको विभागको अनुसन्धानमा खुल्न आएको छ। यी कम्पनीविरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।

यसैगरी, भन्सार एजेन्टकै मिलेमतोमा जय पशुपति इम्पेक्सका प्रोपाइटरले खाली सिसाको बोतलमा भन्सार छलेर पोते ल्याएको भन्दै १ करोड मागदाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । धनुषा देवपुरा रुपैठा स्थायी ठेगाना भई हाल बाङ्गेमूढा, काठमाडौं बस्ने जय पशुपति ईम्पेक्स फर्मका प्रोप्राईटर रेखा देवी दास सहित ५ जनाले राजस्व चुहावट गरेको अभियोगमा र एक करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ बिगो जफत माथ गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो । भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठको आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोतलमा त्रिपालले छोपेर पोते ल्याउदै गरेको र राजस्व तिरेको निस्सा माग गर्दा दिन नसकेको राजस्व अनुसन्धान विभागले जनाएको छ । फर्मका प्रोप्राईटर रेखा देवी दास, मुख्य कारोबारी विकास लाल दास, गाडी चालकद्वय सुदिप श्रेष्ठ र राजकुमार तथा भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट गरेको आरोप छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!