भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेला: स्वदेशी उत्पादनकाे नाममा खुला ठगी

- February 12, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली उत्पादनकाे नाम दिदै भृकुटीमण्डपमा जारि जुत्ताचप्पल मेलामा व्यवसायीले उपभोक्तामाथी ठगी गरेकाे गुनासाे गरेकाछन् । गत सातादेखि सुरू भएकाे जुत्ताचप्पल विजनेश मेलामा स्टक सामान बेच्नेभन्दापनि छुटकाे नाममा ठगी गरेकाे उपभोक्ताकाे ठहर गरेेकाछन् । नेपाली उत्पादनकाे व्यानर लगाएर चीनबाट देशमा काेराेना भाईरस सक्रमण हुनु अघि नेपाल भित्राईएका गुणस्तरहिन जुत्ता चप्पललाई अत्याधिक मूल्य निर्धारण गरेर बिक्रीमा राखेकाे पाईएकाे छ । उपभोक्ताकाे गुनासाे आएपछि साे मेलाकाे बास्तविक के हाे भन्ने बारेमा तीब्रखवर डटकमकाे एक टिमले फरकफरक तवरबाट अनुगमन गर्दा वास्विक मुल्यभन्दा दाेव्वर मूल्य निर्धारण गरेर छुटकाे नाटक गरेकाे पाईएकाे छ । यसैगरी स्वदेशी उत्पादनकाे मात्र मेला र विक्री गरिने भन्दै आयाेजकले गरेकाे उद्धाेषका विपरित चीनमा उत्पादन भएका जुत्ताहरूकाे बाहुल्यता रहेकाे पाईएकाे छ। नेपाली उत्पादन भन्दै विश्व प्रख्यात ब्राण्डकाे स्टिकर टाँसिएका जुत्ताको बिक्री गरिदै आएकाे छ । यसरी नेपाली उत्पादनकाे नाममा पीजी नामकाे कम्पनी, रन सुजलगायत अग्रपंक्तिमा रहेका छन् । गुणस्तरहिन जुत्तालमा एडिडास, पुमालगायतकाे जुत्ता बिक्री हुँदै आएकाे छ । स्वदेशी उत्पादनलाई माया गर्दै मेलामा पुगेका उपभोक्ता यसरी खुला रूपमा बिश्व प्रख्यात ब्राण्डकाे लाेगाे टाँसेर बिक्री गरेपछि आसा र भराेसानै मरेकाे अभिव्यक्ति उपभोक्ताले दिएका छन् । साे मेलामा भएकाे उपभोक्ता ठगीका सम्बन्धमा कहाँबाट काे कस्ले साे अबैधधन्दा गरेकाे छ भन्ने बारेमा थप अनुसन्धान तीब्रखबर डटकमले जारि राखेकाे छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!