शशिकान्तको भेटी मन्त्रालय पुगेपछि चिनीको कालोबजारी, आफुखुशी चिनीको मुल्यबृद्धि (भिडियो सहित)

- September 25, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । स्वदेशी उद्योगबाट उत्पादित चिनी सकिएको भन्दै बजारमा कृत्रिम अभाब सृजना गरी अत्याधिक मंहगोमा चिनीको बिक्री वितरण सुरु भएको छ । चाडपर्वको अबसर पारेर चिनीको कृत्रिम अभाब सृजना गरेर चोरीपैठारीको चिनीलाई बजारमा पठाएर मंहगोमा बिक्री गर्ने खेलमा अहिले सरकार र व्यवसायी लागी परेका छन् । चिनीको सर्वाधिक माग हुने दुई ठूला चाडहरुमा यसको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसनले एक महिनाभित्रै २० हजार टन आयात गरिसक्ने गरी प्रक्रिया अघि बढाइपछि केही व्यवसायीले कृत्रिम अभाब सृजना गरेर गोदामा लुकाई छिपाई राखेको चिनी मंहगोमा बिक्री गर्ने रणनीतीमा लागेका छन् । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पनि १० हजार टन चिनी आयातको अनुमति दिएपछि केही नीजि कम्पनीहरुले समेत चिनी आयात गर्ने अनुमति लिएका छन् ।

सोही अनुमति पत्रकै आधारमा चिनी नै आयात नगरि चोरीपैठारी गरी नेपाली व्यवसायीहरुले गोदाम गरेको चिनीलाई बजार पठाएर बिक्री गर्ने अबैध कार्यमा सरकारी नियकानै लागी परेको आरोप समेत उपभोक्ताबादीहरुले लगाएका छन् । निजी क्षेत्रका उद्योगी व्यापारीहरुले सरकारी निकायको आयात टुंगो नभएको भन्दै चाडलाई लक्षित गरेर साउनदेखि नै चिनी आयात गरेको भन्दै झुट विवरण समेत सार्वजनिक गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनका अनुसार अहिले सरकारी निकायकै सहयोगमा विश्व बजारमा सस्तो रहेको चिनीलाई नेपालमा अत्याधिक मुल्य तोकेर बिक्री गर्ने रणनीतिमात्र भएको बताएका छन् । नेपालगञ्ज र भैरहवा लगायतका भन्सारबाट साउनदेखि भदौको तेस्रो सातासम्ममा व्यापारीहरुलेसाढे १० हजार टन चिनी आयात गरिसकेका छन् । सो चिनी आयात गरिएको भनिएपनि लकडाउन अघिनै चोरीपैठारीबाट नेपाल भित्राएको चिनीलाई हाल हाल आयात गरेको भन्दै आएको आरोप उपभोक्ताबादीको रहेको छ । चिनीको बजार सन्तुलनका लागि ठूलो परिमाणमा आयात गरी बफर स्टक राख्ने साल्ट ट्रेडिङ कर्पोरेसनसँग यसको मौज्दात ७ सय टन बाँकी छ ।

अर्कोतर्फ गत दुई महिना अघि स्वदेशी चिनी उद्योगहरुले यस वर्ष आफूसँग चिनीको स्टक रहेको बताएका थिए । सरकारले चिनी आयात गर्न दिने भनेपछि एकाएक चिनी स्टक नभएको भन्दै व्यवसायीहरु आउनुलाई समेत अर्थपूर्ण रुपमा लिइएको छ । चाडपर्वको अबसर पारेर अबैधरुपमा नेपाल भित्राएको चिनीलाई सरकारी निकायकै सहयोगमा बजार पठाउने कार्यमा चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल लागि परेको पाईएको छ । अध्यक्ष अग्रवलाकै गोदाममा ठूलामात्रामा चिनी स्टक रहेको र सोही चिनीलाई बैद्यरुपमा मंहगोमा बिक्री गर्नकालागि सो नयाँ रणनीति बनाएर उपभोक्ता ठगी गर्दै आएको आरोप समेत लागेको छ । भारतमै पनि त्यहाँको सरकारले चिनीमा प्रतिकिलो ११ भारु अनुदान दिएकाले व्यापारीहरुले आयात गर्दा नेपालमा धेरै महँगो नपर्ने बताइएको छ । साल्ट ट्रेडिङले अहिले अधिकतम खुद्रा मूल्य प्रतिकिलो ७३ रुपैयाँमा चिनी बेचिरहेको छ । व्यापारीहरुले भने नाफा मार्जिनसहित अहिले किलोको ९५ रुपैयाँदेखि १ सय रुपैयाँ प्रतिकेजीमा बिक्री गर्दै आएका छन् । भारतमा अहिले चिनीको मूल्य किलोको २८ भारु रहेको छ । उक्त चिनी नेपाल भित्राउँदा भन्सार र भ्याट गरी साढे २९ रुपैयाँ लाग्छ । काठमाडौंसम्म ल्याइपु¥याउँदा ढुवानी खर्च किलोको साढे ३ रुपैयाँ पर्छ । यो सबै मिलाएर भारतीय चिनी काठमाडौं आइपुग्दा ७८ रुपैयाँ हाराहारी पर्नेमा व्यापारीले खुद्रा मुल्यमै ९५ रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा बिक्री गरेका छन् । हाल स्वदेशी उद्योगीसँग चिनी ४० हजार मेट्रिक टन मौज्दात रहेको पाइएको छ । (भिडियो साभारः प्राइम टाइम्स टेलिभिजन)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!