जुत्ताचप्पल गैरकानुनी मेला : मेड इन चाईनाको जुत्तालाई नेपाली उत्पादनको प्रचार(भिडियो सहित)

- December 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । विद्यमान ऐनलाई समेत बेवास्ता गर्दै मेला महोत्सवको नाममा व्यवसायीहरुबाट कर छली गरिदैआएको छ । एकातर्फ नेपाली उत्पादनको नाम लिदै उपभोक्तामाथी ठगीधन्दा चलाउदै आएकाछन् भने अर्कोतर्फ सरकारलाई बुझाउनु पर्ने आयकर, भ्याट, राजस्व समेत छली गर्दै गुणस्तहिन जुत्ताचप्पलहरु खुला रुपमा बिक्री हुदै आएको पाईएको छ । राजधानीको भृकुटीमण्डपको खाली चौरमा बाह्रमासे मेला लाग्ने गरेको छ । सो चौरमा बाह्रैमहिना जसो नेपाली उत्पादन भन्दै चिनबाट न्यूनभन्सार मुल्याङकन गरि भन्सार छली गर्दै आयात गरिएका जुत्ताचप्पललाई अहिले खुला रुपमा नेपाली उत्पादनको नाममा बिक्री हुनेक्रममा तीब्रता आएको छ । विभिन्न जुत्ताचप्पल कम्पनीको नाममा हुदै आएको व्यापार मेलाबाट दैनिक रुपमा लाखौ रुपैयाँ कर छली हुदाँ समेत सम्बन्धित निकायको ध्यान नपुग्दा राजस्व छली कार्यमा बृद्धि हुदै गएको छ । सरकारी निकायबाट विना इजाजत हुने मेला महोत्सवबाट ठूलो मात्रामा कर छली हुदै आएपनि सम्बन्धित निकायबाट सो नियन्त्रण गर्नेतर्फ समेत ध्यान दिएको पाइएको छैन ।

भृकुटीमण्डपमा जारी मेलाबाट करोडौं रुपैयाँ कर छली भएको छ भने आफु खुशी मुल्य राखी गुणस्तरहिन सामाग्री बिक्री समेत हुदै आएको छ ।  मुल्य अभिबृद्धि कर (भ्याट) को दफा १० को ‘क’ विपरित हाल भृकुटीमण्डपमा मेला महोत्सब हुदै आएको छ । प्रचलित कानुन अनुसार कुनै संस्था बा कम्पनीले मेला तथा महोत्सवको आयोजना गर्दा भ्याटको दफा १० को ‘क’ अनुसार योग्य बस्तुहरूको प्रदर्शनी तथा मेला गर्दा कर कार्यालयबाट अस्थायी भ्याट प्रमाणपत्र लिई स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । तर मेला आयोजकले त्यो स्वीकृति नलिई मेला गर्दै आएका छन् । भ्याटको व्यवस्थाअनुसार कुनै पनि मेला तथा प्रदर्शनी भएको सात दिनभित्रमा कारोबारको विवरण पेस गरी सम्पूर्ण कर दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कुनै पनि मेला आयोजक संस्थाले भ्याटको पालना नगरेको पाईएको छैन । तर जुत्ताचप्पल व्यापारी सविन कार्की भने आफुहरु सयप्रतिशत सही छौ भनेर भन्दैनौ, नीतिगतरुपमा केही गल्ती भएको स्वीकार गर्दछन् । स्मरण रहोस कार्कीको जुत्ताचप्पल फ्याक्ट्री समेत नभएको सम्बन्धित क्षेत्रका व्यवसायीहरुले बताउछन् । उनले चीनबाट गुणस्तहिन जुत्ता आयात गरी कोरियन, थाईल्याण्ड, नायक, एडिडासजस्ता ब्राण्डेड जुत्ताचप्पलको लोगो टाँसेर अत्याधिक मंहगोमा बिक्री गर्दै आएका व्यापारी हुन ।

चिन र भारतमा उत्पादन भएका जुत्ताचप्पललाई नेपालका प्रख्यात ब्राण्ड भन्दै बिक्री हुदै आएको नक्कली ब्राण्ड जुत्ताहरु अहिले पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुज नाम गरेका कम्पनीबाट बिक्री हुदै आएको छ । रामहरी तोलागे सो मेलाको संयोजनक रहेपनि चोरीपैठारी र विद्यमान ऐन विपरित मेला सञ्चालनका बारेमा भने क्यामेरा अगाडी बोल्न मानेनन् । मेला स्टलभरी ‘मेड इन चीन’ को स्टीकर टाँसिएको जुत्ता राखेर उपभोक्तालाई भने नेपाली उत्पादन भएकोभन्दै अत्याधिक मंहगोमा बेच्दै आएको पाइएको छ । फुटस्टेप सुज नाम गरेको कम्पनीका मनिषजंग रायमाझी भने सवै सामान चिनबाट नेपाल भित्राएर कम्पनीमा लगी टाँस्ने काम गरिदै आएको बताउछन् । रायमाझी एकातर्फ कच्चा पदार्थ आयातसंगै स्टीकर समेत सस्तोमा पाउने भएकाले मेडइन चिन कै स्टीकर ल्याउने गरेको बताउछन् । स्टलभरी चिनमा उत्पादन गरेको जुत्ता बेच्दै आएका अर्का व्यवसायी मनिषजंग रायमाझी भने खुला आँखाले गुणस्तहिन जुत्ताचप्पल भेटिएपनि त्यो चिनीयाँ नभई नेपाली नै उत्पादन भएको भन्दै जिकिर गरे । उनले आफ्ना सवै जुत्ताचप्पल नेपाली उत्पादन भएको तर स्टीकर मेड इन चाईना लेखिएको सस्तो हुने भएकाले टासिएको बताए । देशमा महोत्सव तथा मेलाबाट ठूलो मात्रामा कर छली गरेको खुलासा हुदै आएपनि सम्बन्धित निकायबाट कारवाही नगर्दा झन फैलिदै गएको छ । उपभोक्ता र सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिनेभन्दै विभिन्न समूहबाट गरिने महोत्सव र मेलामा बिक्री गरिएका वस्तुको कर सरकारलाई नबुझाई छली गर्ने गरेको खुलासा भएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!