चौधरी ग्रुपको ठगीधन्धा : अरुण इन्टरकन्टिनेन्टल कम्पनीमाथी अझै भएन कारबाही (प्राइम टेलिभिजनबाट भिडियो साभार)

- December 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । सरकारी नीति नियमलाईनै चुनौति दिदै गाडी आयात गरी नेपालमा बिक्री गर्दै आएको चौधरी ग्रुपको अरुण इन्टरकन्टिनेन्टल टे«डर्सद्वारा विभिन्न शीर्षक–उपशीर्षक र बम्पर उपहारको नाममा उपभोक्ता ठगी गर्दै आउने क्रममा तीब्रता आएको छ । सरकारले उपभोक्ता ठगी गर्ने सो कम्पनीका सञ्चालकलाई कारबाही गर्न नसक्दा अवैध धन्धाको कारोबार नियन्त्रण बाहिर रहेको छ । यो हो चौधरी ग्रुपको ‘सिजी टावर’ । यही भबनभित्रबाट हुन्छ देशभर बिक्री हुने हलुका सवारी सधानको आफुखुशीको मुल्य निर्धारण ।

चौधरी ग्रुप अन्तरगतको अरुण मोटर्सको ठगीधन्धा

Posted by Roshan Karki on Thursday, December 5, 2019

बढ्दो सवारी साधानको मागको फाईदा उठाउदै विद्यमान सरकारी ऐन कानुनलाई समेत लत्याउदै अत्याधिक मुल्यमा बिक्री गरी उपभोक्ता ठगी धन्दा चलाउदै आएको छ । विभिन्न समयमा अरुण इन्टरकन्टिनेन्टल कम्पनीबाट गाडी खरिद गरेका केही उपभोक्ताहरुले दिएको जानकारी अनुसार बढी मुल्यमा गाडी बिक्री गरेको गुनासो सम्बन्धित निकायमा गर्दा समेत कुनै कारबाही हुन सकेकोछैन । उपभोक्ताहरुले सरकारी निकायमा ठगी गरेको गुनासो सहित जाहेरी गर्दा समेत कारबाही नभएपछि ठगीको गुनासो बाहिर आउन थालेको छ । चौधरी ग्रुप अन्तरगत रहेको अरुण इन्टरकन्टिनेन्टलको मुख्य कार्यालय पुग्दा आधिकारीक रुपमा बोल्ने कार्यालयमा कोही नभएको कम्पनीमा रहेका सुरक्षागार्डले बताएका छन् ।

सरकारले विलासी वस्तुको सूचीमा राखेको सवारीसाधनको खरिदमा नेपाली कम्पनीहरुले अत्यधिक मूल्य असुली गाडी बेचेको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन गत वर्ष गरेको थियो । विभागले २०७४ पुस १७ गते कारबाहीकालागि भन्दै चलानी नम्बर ५५९ पत्र संख्या २०७४/७५ को पत्र महानगरीय प्रहरी परिसर ललितपुरमा पठाएको थियो । सो पत्रका अनुसार सो ग्रुपबाट बिक्री हुदै आएको गाडीमा प्रतिगाडी विज्ञापन खर्च बापत ९६ हजार, प्रशासनीक खचए, तलब खर्च ३६ हजार लगायत पेट्रोल मोविल, हिटर, एक्र्ससरीज र डेलिभरी जस्ता शिर्षकबाट अबैध रकम असुली गर्दै आएको ठहर गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गाडी बिक्रीमा हुने ठगीको सम्बन्धमा विभागका महानिर्देशक नेत्रप्रसाद सुबेदीले आफु भर्खरै यस कार्यालयमा आएकाले सो बारे जानकारी नभएको भन्दै क्यामेरा अगाडी बोल्न चाहेनन् । महानिर्देशक सुबेदीले नबोल्ने बताएपछि विभागकै बजार अनुगमन तथा निरीक्षण कक्षका प्रमुखसंग गाडी बिक्रीमा हुने ठगीको मुद्दामा के भई रहेको छ भन्ने प्रश्न गरेसंगै उनले पनि आफु पनि भर्खरै आएको केही थाहा नभएको बताए ।
ठूला घरानीया कम्पनीबाट भएको उपभोक्तामाथीको ठगीका सम्बन्धमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले सरकारी पक्षबाट समयमा कारबाही नहुदाँ ठगीले तीब्रता लिएको बताएका छन् । अध्यक्ष मर्हजन ठूला घरानीया कम्पनीबाट गाडी लगायत अन्य अत्याबश्यक सामानको बिक्रीमा आफुखुशी मुल्य राखेर बिक्री गरी उपभोक्ता ठगी गरेकोमा उजुरी समेत गरेपनि अहिले सम्म कारबाही नभएकोमा आक्रोशीत भएका छन ।  विभागले यसअघि १२ कम्पनीमध्ये जिओ अटोमोबाइल्स, इष्टर्न एजेन्सी, एड्भान्स अटोमोबाइल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल विरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको थियो । विभागले २० प्रतिशतभन्दा बढी मुनाफा लिने गाडीलाई मुद्दा दर्ता गर्न सरकारी बकिलको कार्यालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कुनै पनि कम्पनीमाथी कारबाही गर्न सरकारले सकेको छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!