सिन्धु सर्जिकल कन्र्सनका संचालक भण्डारीको अबैधधन्दा : ऋण दिएको भन्दै लाखौ रुपैयाँ कमिशन बुझाउदै

- July 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । मानव शरीरमा प्रत्यारोपण गरिने सामग्री (इम्प्लान्ट डिभाइस) को अपारदर्शी व्यापार गर्दैै आएको सिन्धु सर्जिकल कन्सर्नले विभिन्न अस्पतालमा आप्mनो कम्पनीको सामान खरिद गरे वापत कमिशन दिने गरेको प्रमाण फेला परेको छ । सो कम्पनीका म्यानेजिङ डाइरेक्टर यज्ञबहादुर भण्डारीकै योजनामा विभिन्न अस्पतालका चिकित्सक र व्यवस्थापकलाई कमिशन दिदै अबैधरुपमा सर्जरिका सामाग्री बिक्री गर्दै आएको पाइएको हो ।
अस्पतालका चिकित्सक र व्यवस्थापकसंगको अबैध सम्बन्धराखी गुणस्तहिन सर्जिकलका सामाग्री खरिद गरेपछि कसैलाई बैंकमार्फत त कसैलाई नगद रकम उपलव्ध गराउदै आएको सो कम्पनी सम्बन्धि रहेको रेकर्ड फाईलबाट खुलेको छ । यसरी विभिन्न शिर्षक बनाई अबैधरुपमा भण्डारीले २०६८ असार १६ गतेदेखि चिकित्सक र अस्पताल व्यवस्थापकलाई कमिशन दिएको कागजपत्र फेला परेको हो । सिन्धुका होमकृष्ण नाम गरेका व्यक्तीले विष्णुप्रसाद शर्माको नाममा एक हजार दरको सय वटा नोट र पाँच सय दरको एक हजार वटा नोट सहित ६ लाख रुपैयाँ कमिशनका रुपमा पठाएको पाईएको छ । त्यसैगरी सो कम्पनीबाट खटिएका ऐजेण्टमार्फत हरिकृष्ण नाम गरेकै व्यक्तिबाट रमेशराज कोईरालालाई चारलाख ५१ हजार रुपैयाँ, २०७० मसिर १७ गते निकेशराज श्रेष्ठलाई ४ लाख ४० हजार रुपैयाँ, सोही मितिमा शैलजा क्षेत्रीको नाममा ३ लाख ५४ हजार रुपैयाँ, २०७० माघ २ गते वाईवी भण्डारीबाटै रमेशराज कोईरालालाई १ हजार दरको १२५ वटा र ५ सय रुपैयाँ दरको २ हजार रुपैयाँको नोट सहित ११ लाख २५ हजार रुपैयाँ रकम कमिशनका रुपमा दिएको भेटिएको छ ।
२०७१ जेठ ८ गते लक्ष्मण दुबेको नाममा १ हजार दरको १० वटा नोट सहित १० हजार रुपैयाँ, २०७० फागुन ८ गते लक्ष्मण दुबेकै नाममा १ हजार दरको ३ वटा र ५ सय दरको ३४ वटा नोट सहित कुल २० हजार रुपैयाँ, २०७१ असार २४ गते अनील भट्टराईलाई १ हजार दरको ४० वटा नोट र पाँच सय दरको १ सय वटा नोट सहित ९० हजार रुपैयाँ कमिशनकै रुपमा पठाएको पाईएको छ । २०७१ साउन महिनामा डाक्रर निकेशराज श्रेष्ठलाई एक हजार दरको ४७ वटा र पाँच सय दरको ४ सय वटा नोट गरी कुल २ लाख ४७ हजार रुपैयाँ उपलव्ध गराएको छ । २०६८ कार्तिक महिनामा डा. निकेशराज श्रेष्ठलाई पाँच दरको १३० वटा नोट सहित ६५ हजार रुपैयाँ अशोक नाम गरेको व्यक्तीले बुझाएको पाईएको छ ।
२०६१ पुस ४ गते विष्णुप्रसाद शर्माको नाममा १ हजार रुपैयाँ दरको १ सय वटा नोट सहित १ लाख रुपैयाँ फडिन्द्रराज गिरीमार्फत बुझाईएको छ । उनै शर्मालाई अर्को मितिमा पुनः १ लाख १५ हजार रुपैयाँ, २०७१ फागुन १४ गते डा. रमेशराज कोईरालालाई ५ सय दरको १७०० वटा नोट सहित ८ लाख ५० हजार रुपैयाँ, फेरी डा. रमेशराज कोईरालालाई पाँच सय दरको १ सय वटा नोट र २५० दरले २४६ वटा नोट गरी कुल २ लाख २३ हजार रुपैयाँ, १९ डिसेम्बर २०१२ मा फेरी रमेशराज श्रेष्ठलाई पाँच सय रुपैयाँ दरको ५२५ वटा नोट गरी कुल ५ लाख २५ हजार रुपैयाँ बुझाएको भेटिएको छ । यसरी पटक÷पटक सिन्धु सर्जिकलका म्यानेजिङ डाइरेक्टर तथा सञ्चालक भण्डारीले आफ्नो अबैधधन्दालाई डाक्टर व्यवस्थापकलाई कमिशन दिएर चलाउदै आएको पाईएको छ ।
सिन्धुका म्यानेजिङ डाइरेक्टर भण्डारीले आफुहरुले सरकारी नीति नियमभित्र रहेर व्यवसाय गरेको र कसैलाई पनि कमिशन नदिएको बताए । उनले भने,‘ मैले या कम्पनीबाट त्यसरी रकम पठाइको फाईल धेरै छ, मैले त्यो रकम कमिशन दिएको हैन, साथीभाई, इष्टमित्रलाई ऋण उपलव्ध गराएको हो, के मैले अब ऋण, सहयोग गर्नुपनि गल्ती हो ?, मलाई फोन गरेर रकम चाहियो भन्छन, मैले विश्वासमा ऋण दिएको हो ।’ उनले सोही क्रममा अगाडी भने,‘ डाक्टर र अन्यलाई विभिन्न कार्यक्रममा जान र आउन, अध्ययन गर्न र आर्थिक सहयोग गरेको हो, त्यसमा अधिकाशं डाक्टरलाई हवाईजहाज टिकटकालागि पैसा पठाई दिएको हो भने अधिकाशंलाई अध्ययन र अन्य सहयोग गरेको हो ।’ उनले कुराकानीकै क्रममा भने,‘देशभरका अधिकाशं डाक्टरलाई अध्ययन भ्रमण गर्दा रकम दिएको हो त्यो कमिशनका रुपमा भने दिएको हैन ।’ भन्दै समाचार आर्थिक दैनिकले प्रकाशन गरेको छ ।
सो कम्पनीबाट ऋण उपलव्ध गराएको भन्ने आधिकारीक प्रमाणहरु के छ त भनी माग्दा भण्डारीले भने,‘ विश्वासका आधारमा पैसा दिएको हो, त्यसको के प्रमाण हुनु र मैले पत्रकारलाई पनि दिएको छु, के पत्रकारलाई दिएको ऋणको मैले प्रमाण मैले के माग्नु, त्यसैले ऋण उपलव्ध गराएको प्रमाणनै बैंक भौचर हो नी हैन र ?’ यसरी कमिशनका रुपमा पठाएको रकम भण्डारीलाई ऋणका रुपमा दिएको भन्दै आएपनि लाखौ रुपैयाँ विना प्रमाण किन रकम उपलव्ध गराउनु भयो भनी गरेको प्रश्नमा भने भण्डारीले कुनै जवाफ दिन चाहानु भएन ।
यसरी सो कम्पनीबाट लामो समयदेखि अबैधरुपले गरिने कारोबारबाट एकातिर बिरामीको आर्थिक भारमा भारीबृद्धि हुन पुगेको छ भने अर्कोतर्फ गुणस्तर यकिन नहुँदा जनस्वास्थ्य जोखिममा पर्दै आएको छ । अस्पतालमा उपचारकालागि भर्ना भएदेखिनै सर्जिकल सामाग्रीको व्यापार गर्ने कम्पनीका सञ्चालक र सम्बन्धित अस्पतालको चिकित्सकका साथै उपचारमा संलग्न डाक्टरकै योजनामा देशभर रहेका करिव १० वटा त्यस्ता कम्पनीबाट सर्जिकल सामाग्री बेच्दै आएको छ यसरी अबैधरुपमा विरामीको उपचार खर्चमा अत्याधिक भार पर्ने र चिकित्सक, डाक्टरसंगको मिलिमतोमा करोडौ रुपैयाँको कारोबार हुने गरेको छ तर सो कम्पनीले भने आयकर छली गर्दै आएको छ ।

सो सिन्धु सर्जिकलका सञ्चालक भण्डारीद्वारा परिचालन गरिएको एक समुहले सम्बन्धित अस्पताललाई सर्जरीका सामान आफ्नो मुल्यमा पु¥याउदै आएकाछन् । यसरी अत्याधिकमात्रामा शुल्क असुली विरामीलाई आर्थिकमारमा पार्ने अस्पलतामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक तथा चिकित्सकले कमिशन लिई सिन्धु सर्जिकलबाट सामान खरिद गर्दै आएको स्रोतको दाबी रहेको छ । यसरी सो अस्पतालसंगको मिलिमतोमा अर्बौंको सर्जिकलको सामानहरु सिन्धु सर्जिकल कन्सर्नका म्यानेजिङ डाइरेक्टर भण्डारीले गुणस्तमापन नै नगरेको सामाग्री उपलव्ध गराउदै आएको छ ।
यसरी अस्पतालहरुले सामान खरिद गरेपछि दुईबीच भएको सहमती अनुसार डाक्टर र व्यवस्थापकलाई कमिशन पठाएको प्रमाण समेत फेला परेको छ । कम्पनीले हाडजोर्नीको समस्या, मुटु रोगलगाउत अन्य रोगकालागि आबश्यक सर्जरिका सामाग्रीहरु बिक्री गर्दै आएको छ । सो सामानहरु केही निश्चित एजेन्ट मार्फत बिक्री गरिदै आएका त्यस्ता उपकरणबाट विरामीलाई फाईदाभन्दापनि झन बेफाईदा पुग्दै आएको आरोप समेत लागेको छ । सो सामाग्रीहरु विरामीले उच्च मुल्य तिर्नु परेको छ भने यी सामग्रीको अधिकतम खद्रा मूल्य, ब्याच नम्बर, उत्पादन मितिलगायतका विवरण समेत नखुलाइ बिक्री हुदै आएको छ ।
सो कम्पनीद्वारा छोडिएका केही एजेन्ट मार्फत राजधानीका अधिकाशं अस्पतालहरुमा मापदण्ड विपरितका सर्जिकलका सामाग्रीहरु बिक्री गर्दै आएको छ । मेरुदण्डमा स्टेनलेस स्टिल, टाइटानियम र पिक गरी तीन थरीका स्पाइन इम्प्लान्ट डिभाइस प्रयोगमा आएका छन् । तर, चिकित्सकहरू हड्डी जस्तै हुने र मानव शरीर अनुकूल हुने भएकाले टाइटानियमको प्रयोग बढी हुने गरेको बताउँछन् । यि सामाग्रीहरु भारत, अमेरिकालगायत अन्य मुलुकबाट समेत आयात भइरहेका छन् । विदेशबाट आयात हुने प्रत्यारोपण सामग्रीको वास्तविक मूल्य चिकित्सकलाई समेत जानकारी नहुने गरेको जनाएका छन् ।
सो कम्पनीको म्यानेजिङ डाइरेक्टर भण्डारीले अस्पतालमा सो सामाग्रीको बिक्री गर्ने जिम्मा सेल्स म्यानेजरका रुपमा राखिएका उनै भतिज रञ्जन भण्डारीलाई दिइएको पाइएको छ । सिन्धु सर्जिकलले अमेरिकी कम्पनी मेडट्रोनिकबाट चाहिने प्लेट, स्क्रु र मुुटु रोगको उपचारमा चाहिने पेसमेकरलगायतको प्रत्यारोपणका सामग्री नेपाल ल्याउने गरेको पाइएको छ । नेपालमा प्रत्यारोपणका सामग्री बिक्री गर्ने थापाथलीको सिन्धु सर्जिकल कन्सर्नले अमेरिकाको मेडट्रोनिक्स कम्पनीका सामग्री आयात गरेको उल्लेख गरेपनि सो सामाग्रीहरु गुणस्तहिन भएको पाईएको छ । सिन्धुले सरकारी अस्पतालदेखि नीजि स्तरबाट सञ्चालिन अस्पतालहरुमा प्रत्यारोपणका सामग्री सप्लाइ गर्दै आएको छ ।
मेडट्रोनिक्स त्यही कम्पनी हो, जसले उत्पादन गरेका इम्प्लान्ट डिभाइस गुणस्तरहीन रहेको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) ले २०१८ नोभेम्बर २५ मा खुलासा गरेको थियो । आईसीआईजेको अनुसन्धानमा मेडट्रोनिक्सले आफ्ना उपकरण युरोपेली मुलुकहरूमा बिक्री गराउन चिकित्सकहरूलाई घुस दिने गरेको पाइएको थियो । विरामीका आफन्तले प्रत्यारोपणका सामग्री औषधि पसलबाट सोझै खरीद गर्न नपाउने र सो सामान चाहिएको खण्डमा एजेन्ट मार्फतमात्र खरिद गर्नु पर्ने एकद्वार प्रणालीको व्यवस्था केही सर्जरिको सामान बिक्री गर्ने कम्पनीहरुले गरेका छन् ।
प्रत्यारोपणका सामग्री विरामीका आफन्तले औषधि जस्तो सजिलै खरीद गर्न पाउदैनन्। यसरी बाध्यामत्क अबस्था सृजना गरेर एजेन्ट मार्फत नै मगाउनु पर्ने अबस्था सम्बन्धित अस्पतालका चिकित्सकहरुले बनाएका छन् । डाक्टर वा चिकित्सकबाटै एजेन्ट मार्फत यस्ता सामग्री मगाइदिने गरेको पाइन्छ । यस्ता अबैधधन्दा गर्ने कम्पनीहरु सरकारी अस्पतालमा ऐजेण्टहरुको सहज पहुँच रहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया कक्षसम्मै एजेन्टहरूको पहुँच रहेको छ । त्यस्तै निजामति अस्पलताल मिनभबन, विर अस्पताल, पाटन अस्पताललगायत सरकारी अस्पतालहरुमा एजेन्ट वा उत्पादक कम्पनीसँगको मिलेमतोमा प्रत्यारोपणका सामग्रीहरू चर्को मूल्यमा बिरामीलाई भिडाउदै आएका छन् ।
आईसीआईजेको अनुसन्धानले भारतमा हिप प्रत्यारोपणमा प्रयोग भएका सामग्री विषालु भएको पाइएपछि त्यस्ता उत्पादन भारतीय बजारबाट फिर्ता पठाएको थियो । अमेरिकामा सन् २०१५ यता जोनशन एण्ड जोनशनका गुणस्तरहीन उत्पादन प्रयोग गरेका बिरामीमा थप जटिलता आएपछि कम्पनीले ४ दशमलव ३ विलियन अमेरिकी डलर क्षतिपूर्ति तिरिसकेको सो कम्पनीका सर्जिकलका सामाग्री बिक्रीमा युरोप, अमेरिका, अफ्रिका लगायतका मुलुकमा प्रयोग गर्न रोक लगाइएको छ । तर सोही कम्पनीको सामान विना अबरोध नेपालमा सिन्धु सर्जिकलले आयात गरी बिक्री गर्दै आएको छ । हाडजोर्नी, मुटु, मस्तिष्क र स्तन सम्बन्धी रोगका बिरामीका शरीरभित्र प्रयोग गरिने इम्प्लाण्ट डिभाइसमाथि भएको अनुसन्धानले विभिन्न मुलुकमा परीक्षण नगरिएका प्रत्यारोपण सामग्रीहरू प्रयोग भइरहेको खुलासा भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!