काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र भियतनाम बीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। भियतनाम भ्रमणमा रहेका चेम्बरका अध्यक्ष श्रेष्ठले भियतनामको एक कार्यक्रममा नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गर्दै गरेको उनले बताए । भियतनामका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य भएको बताए ।
भियतनामको डिओ डीज स्ट्रीट हानोइमा भएको गोष्ठिमा अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत, पर्यटन, कृषि बुद्ध जन्मेको लुम्बिनी एंव विश्व सम्पदा सूचिमा रहेका विभिन्न स्थान, विभिन्न वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएका स्थान, खुल्ला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको उल्लेख गरे । उनले नेपालमा अनुभवी एंव कडा परिश्रमिक श्रमिक, खनिज क्षेत्र रहेकाले लगानीको लागि अघि बढ्न भियतनामलाई आग्रह गरे । अध्यक्ष श्रेष्ठले हाम्रो छिमेकी राष्ट्रसँगको व्यापरिक सम्झौता रहनुका साथै शुन्य प्रतिशत भन्सारदरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने वस्तुहरु रहेको जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको यो भ्रमणले नेपाल र भियतनाम द्धिपक्षिय सम्बन्ध कायम भई जनता, जनताबीच नजिक बनाउने अवसर प्राप्त हुनुका साथै सरकार सरकारबीच सुमधुर सम्बन्ध कायम गर्नमा र व्यापारीक गतिविधिलाई अगाडी बढाउन यो भ्रमणले नयाँ आयाम थापिएको कुरा दर्शाउनुका साथै यो भ्रमणले व्यापारीक गतिविधिलाई बलियो बनाई आर्थिक गतिविधिलाई बलियो बनाई आर्थिक गतिविधी एंव पर्यटन, व्यापार र लगानीका अवसरलाई सुनिश्चितता प्रदान गर्नमा यो भ्रमण अति नै फलदायी रहेको बताए । उनले नेपाल व्यापारिक कम्पनीहरुले भियतनामा भएको व्यापारिक मेलामा नेपालको कलात्मक परम्परागत हस्तकला वस्तुहरु गरगहना एंव कलात्मक वस्तुहरुको प्रर्दशनी गर्नुका साथै भेयतनामबाट कपडा, सूचना प्रविधिका सामाग्री, खाद्दान्न लगायत जुत्ताहरु भियतनामबाट आयात भएको बताए ।
गोष्ठिमा आफ्ना कुरा राख्दै अध्यक्ष श्रेष्ठले हाम्रो भियतनामसँगको व्यापरिक सम्झौता रहनुका साथै शुन्य प्रतिशत भन्सारदरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने वस्तुहरु रहेको जानकारी दिए । सो अवसरमा भियतनामा पनि यस्तो अवसर प्राप्त गर्नु जरुरी रहेको उल्लेख गरे ।
अध्यक्ष श्रेष्ठले नेपालमा केही समयदेखि स्थायि सरकार हुनुका साथै २४ सैं घण्टा विद्युत सेवा सच्चालन रहनुका साथै लगानी मैत्री नीतिहरुले सुनिश्चित लगानीको वातावरण भएकाले लागि बैदेशिक लागानीका लागि चीनलाई उपयुक्त वातावरण रहेको बताउए । नेपाल र भियतनामबिचको राजनैतिक सम्बन्धको स्थापनापछि हाम्रो सम्बन्ध दुबै पक्ष र मित्रतासँग नै सहिष्णुता रहेकोले मित्रताको सम्बन्धलार्य अझ प्रगाढ अगाडी बढाउने बताए ।
नेपाल र भियतनामको सम्बन्ध बढाउन जनस्तरमा, व्यवसायीहरुबीचको बहुपक्षिय सम्बन्धका लागि चेम्बरले विभिन्न प्रकारका रचनात्मक भूमिका खेलेको धारणा समेत राखे । नेपाल र भीयतनाम बीचको राजनयिक सम्बन्धको स्थापना पछि, हाम्रो सम्बन्ध दुवै पक्ष र मित्रता संग नै सहिष्णुता रह्यो । सम्बन्धहरू मित्रतालाई अझ अगाडि बढाइयो। हालका वर्षहरूमा द्विपक्षीय व्यापार र पर्यटन गतिविधि बढ्दै जान्छ, विस्तार गर्दैछ, र मानिस मानिसको सम्बन्ध सम्बन्धी नजिकको र नजिक रहन्छ । यसबाहेक, नेपालको सही सम्माननीय प्रधानमन्त्रीको यो भ्रमणले हाम्रो सम्बन्ध लिइसकेको छ । सरकारलाई सरकार, व्यवसायको व्यवसाय, र जनजातिलाई मानिसहरु नयाँ उचाइमा। हामी यो भेला गर्न को लागी सुअवसर पाएको छ कि नेपालको निजी क्षेत्र आर्थिक गतिविधि, पर्यटन, व्यापार र लगानी को बढावा गर्न हाम्रो सम्बन्धलाई अझ बलियो बनाउन अझ धेरै उत्सुक छ रहेको बताए । नेपाल चेम्बर अफ कमर्श र भेयतनाम चेम्बर अफ कमर्शबीच २००४ मा दुबै देशबीच व्यापारिक सम्झौता भई २०१८ मा व्यापर र आर्थिक गतिविधी लाई प्रबद्र्धन गर्न दुबै सस्थाबीच सम्बन्ध कायम भएको दर्शाए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!