November 23, 2024, 3:24 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल

मंसिर ८, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले वर्तमान सरकार २०८४ सम्मै जाने बताउनुभएको छ । बाहिर सार्वजकि भएजस्तै गठबन्धनमा मतभेद भन्ने कुरा नदेखिएकोले सरकार भत्किने र फेरिने कहिकतै सम्भावना नभएको नेता पोखरेलको दाबी छ ।

अहिलेको भ्रष्टाचार, अराजकता अन्त्य गर्ने र विधिको शासनलाई जवरजस्ती रुपमा स्थापित गर्ने मुल उदेश्यले बनेको सरकार भएकाले प्रतिपक्षले भन्दैमा सरकार तलमाथि नहुने स्पष्ट पार्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरा गर्दै नेता पोखरेलले देश र जनताको विकाशका लागि निष्ठापूर्व काम गर्नु नै सरकारको पहिलो प्राथमिकता हुनुपर्ने पनि दिनुभयो ।

संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले अहिले एउटै डुङगामा रहेको र यो डुङगा जसरी पनि तार्ने अठोटका साथ लागिपरेको नेता पोखरेलको भनाइ छ ।

सरकारलाई कमजोर बनाउन लागिपरेका तत्वहरुको अगाडि सफल बनाएर देखाउने चुनौती रहेको बताउँदै कुनै पनि बाहिरी शक्तीले एमाले र कांग्रेसको गठबन्धनलाई भत्काउन नसक्ने चेतावनी दिनुभयो ।

यस्तै, नेता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भैसकेको बताउनुभएको छ ।

संसदीय समितीको प्रतिवेदन र प्रमाणका आधारमा अनुसन्धान हुँदा राजनीतिक प्रतिशोध भनेर विरोध गर्नु पार्टीकै कमजोरी देखिने उहाँको टिप्पणी रहेको छ ।

दोषी र कानुनविपरित कार्य गर्ने जुनसुकैलाई पनि नछाड्ने नीति लिएको सरकारले आफ्ना र पराई नहेर्ने समेत उहाँको प्रतिवद्धता रहेको छ ।

प्रतिक्रिया