November 23, 2024, 1:22 pm
» विदेशी शक्तिले सरकार ढाल्ने र बनाउने नेताहरूको भनाइ जनतामाथिको धोका हो : विप्लव » कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते » पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु » रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल » विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

साउन ३, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

क्यानबेरा(अष्ट्रेलिया),अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा   बढेर ४.१ प्रतिशत पुगेको छ ।

यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो  ।

सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो ।

सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ, । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ  ।

जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले  विज्ञप्ति मार्फत उल्लेख गर्नु भयो ।

समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाउनु भयो ।

यसै गरी  बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उहाँले उल्लेख गर्नु भयो ।

बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च  को तुलनामा १.१ प्रतिशतले कम रहेको उहाँले जनाउनु भएको छ ।

एबीएसको तथ्याङ्क अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे –जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ ।

बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको  जार्विसले बताउनु भएको छ ।

प्रतिक्रिया