November 23, 2024, 1:12 pm
» विदेशी शक्तिले सरकार ढाल्ने र बनाउने नेताहरूको भनाइ जनतामाथिको धोका हो : विप्लव » कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते » पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु » रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल » विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

देउवा बालुवाटार हिँड्नुअघि बूढानीलकण्ठ पुगेका थिए गृहमन्त्री

मंसिर ३, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं- सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता हुनुअघि गृहमन्त्री रमेश लेखक बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ ६ बजेका लागि भेटवार्ता तय भइसकेपछि गृहमन्त्री लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

लेखकलाई देउवाले बोलाएका हुन् या उनी आफैं बूढानीलकण्ठ पुगेका हुन् खुलिसकेको छैन । यसबारेमा उनको सचिवालयका सदस्यसँग सोध्ने कोसिस गर्दा फोन सम्पर्क हुन सकेन ।

यद्यपि लेखक बूढानीलकण्ठ पुगेपछि प्रधानमन्त्री ओलीसँग देउवाको भेट कम्तीमा एक घण्टा पछाडि धकेलिएको थियो ।

कांग्रेस र एमाले दुवै दलले गठबन्धन सरकारमा कमजोर कार्यक्षमता भएका मन्त्रीहरूलाई हटाउने योजना बनाएका छन् । यस्तोमा गृह र अर्थमन्त्रालयमा पनि हेरफेरको चर्चा छ । दुवै दलले कमजोर कार्यक्षमता भएका कम्तीमा ३/३ जना मन्त्री हटाउने गरी गृहकार्य गरिरहेको स्रोतको भनाइ छ ।

मन्त्री हेरफेर प्रधानमन्त्री ‌ओली आगामी मंसिर १७ गते उत्तरी छिमेकी चीनको यात्रामा निस्किनुअघि नै गर्ने योजना दुई नेताले बनाएको स्रोतले उल्लेख गरेको छ । तर हटाउने सूचीमा रहेका मन्त्रीहरूबारे दुवै नेताले केही पनि खुलाएका छैनन् ।

यद्यपि देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका गृहमन्त्री लेखक गत असोज १२ गते काठमाडौं उपत्यकासहित देशका पूर्वी र मध्यभागमा बाढीले गरेको ठूलो धनजनको क्षतिपछि उद्धार र राहतमा बिफल भएको आरोप लाग्ने गरेको छ ।

काठमाडौं उपत्यकामै बाढीमा परेका नागरिकहरूको उद्धारमा तदारुकता नदेखएको भन्दै गृहमन्त्रीको कांग्रेसभित्रैबाट पनि आलोचन भएको थियो । एमाले र कांग्रेसका अन्य मन्त्रीको पनि कार्यक्षमतामा प्रश्न उठिरहेको छ । त्यहीकारण दुई नेताहरू कार्यक्षमतामा कमजोर सावित मन्त्रीहरू बिदा गरेर अरुलाई अवसर दिने योजनामा रहेको स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया