November 23, 2024, 1:33 pm
» चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… » विदेशी शक्तिले सरकार ढाल्ने र बनाउने नेताहरूको भनाइ जनतामाथिको धोका हो : विप्लव » कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते » पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु » रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल

भीर मौरीको मह निकाल्ने क्रममा १५० मिटर तल खसेका राईको मृत्यु

मंसिर ३, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

संखुवासभा– संखुवासभाको सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

सिलिचोङ–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

डिएसपी बस्नेतका अनुसार  साथीहरूसँग भीरमा चढेर भीर मौरीको मह काढ्ने क्रममा १ सय ५० मिटर अग्लो भीरबाट खसेर राईको घटना स्थलमै मृत्यु भएको हो।

त्यस्तै, मकालु गाउँपालिका-२ सेदुवामा कासुवा खोला हाइड्रो पावरको ट्याक खोल्ने क्रममा एस्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय सुरवीर राई रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया