November 23, 2024, 4:04 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

अमेरिकी राष्ट्रपति चुनाव : २३० सिटमा ट्रम्प विजयी, थप ४० सिट जिते बहुमत ह्यारिको नाममा २०० सिट

कार्तिक २१, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएसँगै नतिजा आउने क्रम जारी छ । हालसम्म ३८ राज्यको नतिजा आएको छ । जसमध्ये २४ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १४ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएका छन् ।अमेरिकाका ५० राज्यका ५३८ इलेक्टोरल भोट अथवा सिटका लागि भोटिङ मंगलबार भएको थियो।

मतगणनामा हालसम्म ट्रम्पले २३० सिटमा जित निकालेका छन् भने ह्यारिसले २०० सिट जितेकी छन्। बहुमत आउन २७० सिट जित्नुपर्ने हुन्छ। अब ट्रम्पले ४० सिटमा जित हात पारे भने उनले बहुमत ल्याउनेछन्।

राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि निर्वाचन भएको छ । यसमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।

यदि ट्रम्पले यो चुनाव जिते भने उनी ४ वर्षपछि ह्वाइट हाउस फर्कनेछन् । ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए। यससँगै कमला ह्यारिसले जितिन् भने उनी पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्नेछिन् । उनी हाल अमेरिकाको उपराष्ट्रपति हुन् ।

प्रतिक्रिया