लाहुरे सेक्युरिटी कर छलीमा सक्रिय, कर्मचारी ठगीको यस्तो खुलासा

222

काठमाडौं । पच्चिस सयभन्दा बढी सुरक्षा गार्ड सम्लाई गर्दै आएको लाहुरे सेक्युरिटिज् प्रा.लि. भित्र मौलाएको कर्मचारी ठगी धन्दा पछिल्लो समय छताछुल्ल भएको छ ।

प्राप्त समाचार अनुसार न्यूनतम अठारहजारदेखि पच्चिस हजारमा बैंक तथा विभिन्न कम्पनि एवं संस्थाहरुसंग रकम अशुली गरि कर्मचारीहरुलाई तेह्र हजार पाँच सय रुपैयाँको सम्झौता गरेको लाहुरे सेक्युरिटिज्का संचालकहरुले प्रत्येक कर्मचारीलाई बाह्र हजार भन्दा बढि रकम नदिएको खुलासा भएको छ । साथै कर्मचारीलाई संचयकोषदेखि घर विदा, विरामी विदा मात्र होइन कर्मचारीलाई दिएको बाह्र हजारबाट पनि गत अशोजबाट पाँच सय कटौटी गरि कर्मचारी ठगी गरेको बताइएको छ ।

लाहुरेमा कार्यरत कर्मचारीका अनुसार कर्मचारीहरु मात्र ठगी गरेको छैन् । चार वर्षदेखि राज्यलाई तिर्नुपर्ने करसमेत नतिरी अहिले सो कम्पनी कालोसुचीमा परेको बताइएको छ । कर्मचारी ठगीदेखि राज्यलाई कर छल्न न्यूनतम आम्दानी देखाई अडिट गराउने काम पछिल्लो समयमा भैरहेको समेत खुुलासा नाम बताउन नचाहने एक कर्मचारीले गरेका छन् ।

उक्त कम्पनी दरवारका विवादित तत्कालीन युवराज दीपेन्द्रको एडीसी बनेर काम गरेका राजकुमार कार्कीको नाममा दर्ता भएर श्री कृष्ण परियारको नाममा नामसारी भएपछि महाप्रवन्धकमा विशाल परियारलाई नियुक्त गरेको थियो । परियारको नियुक्तपछि पनि कर्मचारी ठगी घट्ना घटेको छैन अझ बढ्दै गएको आरोप छ । यसै विषयमा सो कम्पनीका महाप्रवन्धक परियारलाई जिज्ञासा राख्दा उनले भने हामीले गत अशोजदेखि मात्र कम्पनी खरिद गरेको भएतापनि पूर्वसंचालकहरुले तिर्न बाँकी रहेको कर्मचारीको पैसा र कर हामीले घटाउँदै आएका छौं ।

स्मरण रहोस् लाहुरे सेक्युरिटी सर्भिस प्रालिका सञ्चालकद्धय श्रीकृष्ण परियार र विशाल परियारले आफूहरुको करिब एक करोड ५५ लाख ४८ हजार ३०७ रुपियाँ रकम खाइदिएको भन्दै पीडित मजदुरहरुले उक्त रकम उठाइदिन माग गरेका छन् । मजदुरहरुद्धारा गठित संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी आफूहरुको परिश्रम हिनामिना गरिदिएको भन्दै तत्काल सरकारले दोषीमाथि कडा कारबाही गरेर आफूहरुको रकम उठाईदिनुपर्ने भन्दै पत्रकार सम्मेलनको आयोजना समेत गरिएको थियो । संघर्ष समितिकाअनुसार मजदुरहरुले काम गरेबापतको तलब, सञ्चयकोष, उपदान, संचित घरबिदा र दशैं बोनस सेवावापतको रकम हो । संघर्ष समितिका संयोजक उद्धव दाहालले आफूहरुको परिश्रमवापतको रकम तत्काल सरकारले दिलाउन पहल गर्नुपर्ने बताएका थिए ।

Facebook Comments

LEAVE A REPLY