फलफूल उद्योगमा समृद्धि खोज्दै गाउँका तन्नेरी

95
kmf]6f] SofK;gM cf]vn9'+ufsf] dfg]eGHofª ufp“kflnsf $ s]Q's]df :yfkgf ul/Psf] ;u/dfyf kmnkm"n k|zf]wg pBf]udf sfd ub}{ pBdLx? . pgLx?n] nK;L, cdnf nufotsf] crf/, ;'Gtnfsf] h'; pTkfbg ub}{ cfPsf 5g . t:aL/M s'De/fh /fO{÷sflGtk'/

ओखलढुंगा,मानेभन्ज्याङ गाउँपालिका–४ पंखुका राजकुमार राईलाई दिनभरी गाउ“को सहकारी, खेतीपाती, घरको कामपछि बचेको समय अचार उद्योगमा दिँदै फुर्सद हुदैन । ‘बचेको समय उद्योगमै खर्च हुन्छ’ राजकुमारले भन्नुभयो– ‘लगानीसँगै प्रतिफलका लागि मेहनत गर्नुपर्छ भनेर सबैले अचार उद्योगमा ध्यान दिएका छौ“ ।’

त्यस्तै मानेभन्ज्याङ गाउँपालिका–३ उबुकी रुबिना राई पनि जब घरको काम सक्नुहुन्छ, त्यसपछि हतारहतार पैदलै हिँडेर भएपनि केत्तुके पुग्नुहुन्छ । रुविनालाई उद्योगमा आउने, अचारका परिकारहरु बनाउने र कतै माग भएको रहेछ भने पठाउने काममा नै समय पुग्दैन ।

यो दैनिकी यहाँको मानेभन्ज्याङ गाउँपालिका–४ मा स्थानीय सामूहिक रुपमा स्थापना गरेको सगरमाथा फलफूल प्रशोधन उद्योगका सञ्चालकहरुको हो । यहाँ सात महिला र तीन पुरुष गरी १० जना मिलेर सामूहिक उद्योग स्थापना गरेका छन् ।

एक वर्षअघिदेखि मात्रै ‘सगरमाथा फलफूल प्रशोधन उद्योग’ सञ्चालन भएको छ । उद्योगको काम लगानीकर्ताहरुले आँफै गर्ने गरेका छन् । यो काम उनीहरुका लागि ‘पार्ट टाईम’ हो । उनीहरुले एकवर्षमै दुई लाख हाराहारीको अचार र जुस बिक्रि गरेपछि हौसिएका छन् । अकबरे खुर्सानी, लप्सी, अमला, अदुवाको अचार, सुन्तला, अदुवाको जुस र लप्सीको धुलो, क्यान्डी उत्पादन हुने गर्छ ।

उत्पादित सामाग्री गुणस्तरीय र अर्गानिक रहेको सञ्चालकहरुको भनाई छ । व्यापारी र ग्राहकका लागि होम डेलिभरीको व्यवस्था नै गरेका छन् । जिल्लाको अन्य स्थानमा विभिन्न उद्योगहरु स्थापना पछि बन्द भईरहेको बेला केत्तुकेका स्थानीयले नमूना रुपमा उद्योग सञ्चालन गरेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमूख कपिल अधिकारीले बताउनुभयो ।

खासगरि वनजंगलमा खेर गईरहेको लप्सी, अमलाको सदुपयोग गर्दै यसबाट आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् । उद्योगका लागि दुईतले भवन पनि बनाइएको छ । त्यसका लागि व्यवसायिक वस्तु तथा व्यापार आयोजनाले ८ लाख ६ हजार ५ सय २५ सहयोग गरेको छ । उद्यमीहरुबाट प्रतिव्यक्ति १ लाख ३ हजार २ सय ३५ संकलन गरि भवन निर्माण गरिएको उद्योगका सञ्चालक राजकुमार राईले जानकारी दिनुभयो ।

सहयोगी संस्थाको रुपमा सामाजिक सेवा अध्ययन केन्द्र, घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको छ । उत्पादित सामाग्री बिक्रिका लागि स्थानीय बजारको भर छ । ‘भर्खरै राजधानी र धरानका केही व्यापारीसँग सम्पर्क भएर पठाउन थालेका छौं ।’ सञ्चालक राईले भन्नुभयो– ‘अरु चाँही हामीले गाउँघर र नजिकका बजारमै बेचिरहेका छौं। लप्सीको क्यान्डी हामीले गाउँकै माग पूरा गर्न सकिरहेका छैनौ‌ं।’

हालैमात्र गाउँपालिकाले क्यान्डी सुकाउने मेसिन खरिद गर्नका लागि १ लाख ५० हजार बजेट उपलब्ध गराएको छ । उनीहरुले उद्योगमा कफी प्रशोधन सुरु गरेका छन् । उत्पादित सामाग्रीको मूल्य बजारमा पाईने भन्दा सस्तो भएकोले ग्राहकको आकर्षण बढेको उद्योगकी व्यवस्थापक रुविना राईको भनाइ छ । उद्योग सञ्चालनसँगै स्थानीय कृषकहरुको फलफूल बिक्रिका लागि सहज भएको छ ।

उद्यमीहरु आँफैले फलफूल तथा कफी खेती थालेका छन् । उद्योग सञ्चालन गर्नका लागि अरुको भर पर्नु नपरोस् भन्ने उद्देश्यले उनीहरु आँफै सक्रिय रुपमा खेतीमा लागेका हुन् । उत्पादित सामाग्री संकलन गर्नका लागि उनीहरुले बोलेरो जिप खरिद गरेका छन ।

Facebook Comments

LEAVE A REPLY