युनिभर्सिटी कप क्रिकेट: इशानको शतक

52

इसान पाण्डले शतकीय पारी खेलेपछि त्रिभुवन विश्व विद्यालय (टियु)ले राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

मंगलबार भएको खेलमा टियुले क्यारिविन कलेजलाई १ सय ३६ रनको फराकिलो अन्तर पराजित गर्यो। टियुले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको क्यारिबियन १९ ओभर ३ बलमा ७१ रनमा समेटिएको थियो। क्यारिबियनका अमित कुशवाहाले १४ तथा जय प्रकाश गुप्ताले १३ रन बनाए। टियुका पृथु बास्कोटा, विक्रम सोव र सागर ढकालले समान ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको टियुका लागि इशान पाण्डेले नटआउट १ सय २६ रनको शतकीय इनिङ्स खेलेपछि २ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो। ७० बल खेलेका इशानले १६ चौका र ५ छक्का प्रहार गरे। पृथु बास्कोटा ३२ र सुवास खकुरेलले २४ रन जोडे।

मंगलबार नै भएको अर्को खेलमा कसमसले न्यु समिट कलेजमाथि ४७ रनको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। १ सय ५० रनको लक्ष्य पछ्याएको न्यु समिटले ८ विकेट गुमाएर १ सय २ रनमा समेटिएको थियो।

Facebook Comments

LEAVE A REPLY