नेपालका गरिब विश्वका धनी चौधरीको कर्तुत: कर ठगीको यस्तो खुलासा

1128

काठमाडौं । नेपाली जनताहरुले खाई नखाई खरिद गर्ने गरेको दैनिक उपभोग्य बस्तुहरुको उत्पादक कम्पनिमध्येका अग्रस्थानमा रहेको चौधरी ग्रुपले उत्पादन गर्ने बस्तुहरु सबै सर्वसाधारणहरुले खरिद गर्ने गरेको सबैलाई अवगतै छ । यद्यपी कारोवार अनुसारको कर नतिर्नुले भने चौधरी ग्रुपले नेपाल सरकार र आमनेपाली जनताको रगत चुसेको पुष्टि मिलेको छ ।

नेपाल सरकारलाई कर कम बुझाउने कम्पनिको सुचिमा पनि यतिबेला चौधरी ग्रुप अग्रपक्तिमा परेको छ । उसको उत्पादन र बजार बढी छ तथापि कर भने कम तिर्नुसंगै उनको कर्तुत छर्लङ भएको हो, यो संगै यतिवेला उनको सम्पत्ति बढेर विश्वका धनिहरुको सुचिमा उनी उकालो लाग्नुलाई आम सर्वसााधरणहरुले बुझिसकेका छन् ।

नेपालका उद्योगपति विनोद चौधरी १.५२ अर्ब डलरसहित फोर्ब्स म्यागेजिनको सूचीमा छन् । यद्यपि नेपालमा कर तिरेको सन्दर्भलाई केलाउने हो भने उनी नेपालको लागि गरिब सुचिमा सुचिकृत छन् ।

उनको सम्पत्ति गत वर्षको तुलनामा २० अर्ब रुपैयाँ थप भएको विश्वका धनाढ्यहरूको सूची प्रकाशित गर्ने अमेरिकी म्यागेजिन फोर्ब्सले जनाएको छ । अघिल्लो वर्ष उनको सम्पत्ति १.५ अर्ब अमेरिकी डलर थियो । सन् २०१८ मार्च ६ सम्मको सम्पत्ति गणना गर्दे फोर्ब्सले यस्तो विवरण सार्वजनिक गरेको हो । फोब्र्सलाई दिएको उनको प्रतिवेदन र नेपाल सरकारलाई दिएको उनको प्रतिवेदन एकाएक बाझिएको पुष्टि तीव्रखबरले फेला पारेको छ । फोब्र्सलाई दिइएको प्रतिवेदन र नेपाल सरकार कर कार्यालयको प्रतिवेदन यतिवेला बाझिएको छ जुन प्रतिवेदन तीव्रखबरसंग सुरक्षित छ ।

फोर्ब्सको नयाँ अर्बपति सूचीमा चौधरी १ हजार ५ सय ६१ औं स्थानमा परेका छन् । गत वर्ष उनी १ हजार ५ सय ६३ औं स्थानमा थिए । विनोद चौधरीको मुख्य आम्दानी गर्ने कम्पनी सीजी कर्प ग्लोबल रहेको फोर्ब्सले उल्लेख गरेको छ।

नेपालमा नबिल बैंक उनको आम्दानीको ठूलो हिस्सा मानिएको छ । सिजीको पोर्टफोलियोमा बियर, खाद्यान्न, इलेक्ट्रोनिक्स, होटल छन् । सिजी फुड्सले लोकप्रिय वाईवाई चाउचाउ उत्पादन गर्छ । अहिले वाईवाई नेपाल, भारत, सर्बिया, साउदी अरब र बंगलादेशबाट उत्पादन भइरहेको, फोब्र्सले जनाएको भएतापनि उनको वाईवाई चाउचाउ गुणस्तरहिन भएको पुष्टि भारत र नेपालका खाद्य अनुगमन टोलीले पुष्टि गरिसकेका छन् ।

सिजीको २९ होटलमा स्वामित्व र ७० वटामा व्यवस्थापन सम्पत्ति रहेको छ । भारतको ताज होटलमा सिजीको मुख्य सेयर हिस्सा रहेको छ ।

स्मरण रहोस् चौधरीलाई पछिल्लो समय राजश्व छली गरि तथा पुर्वराजपरिवारको लगानीलाई हड्पेर पैसा थुपारेको आरोप लाग्दै आएको छ ।

Facebook Comments

LEAVE A REPLY