प्लाष्टिकका झोलाको उत्पादन र वितरण बन्द गरिने : मन्त्री पण्डित

107

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधि मण्डलले जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितसंग भेटगरी वातावरणीय समस्याका बारेमा ध्यानाकर्षण गराएको छ । चेम्वरका अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभाव बारे आफ्नो धारणा राख्दै धुवां धुलोका कारण काठमाण्डौमा पैदल यात्रा गर्न समेत कठिनाई भएको र सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरुको अवस्था दयनीय भएको बताएका छन् । उनले यस अवस्थाको दिर्घकालीन समस्या समाधान खोजिनु आवश्यक भएको बताएका थिए ।
उक्त अवसरमा वातावरणीय प्रदुषणलाइ न्युन गर्न उच्च गुण स्तरीय डिजेल लगायत पेट्रोलियम पदार्थ हुनु पर्ने तथा सडक निर्माण उच्च गुणस्तरको हुनु पर्ने तथा २० वर्ष भन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नु पर्ने बिषयमा छलफल भएको थियो । उक्त मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए । उनले सडकलाई स्वच्छ राख्न सवै व्यवसायीहरुलाइ सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश सम्प्रेषण गर्ने तर्फ ध्यानाकर्षण गराए । वातावरण स्वच्छ राख्ने सन्दर्भमा प्लाष्टिकका सवै उद्योगहरुको सन्दर्भमा नभइ प्लाष्टिक झोलाको उत्पादन तथा बितरणमा नियन्त्रण गर्ने तर्फ स्पष्ट पार्ने बताए । जनसंख्या तथा वातावरण मन्त्री पण्डितले प्लाष्टिकका झोलाको उत्पादन र वितरण बन्द गर्ने बताए ।

Facebook Comments

LEAVE A REPLY