रिकोनाको नाममा खत्रीका थरी थरी धन्दा : कहिले पर्लान प्रशासनको फन्दा ?

516

-उज्जवल पराजुली

काठमाडौं । हामीहरु हरेक सामान खरिद गर्नु भन्दा पहिले ब्राण्ड सोच्ने गछौं, तर हामी सोच्दैनौं त्यो ब्राण्डमा कतिसम्म ठगी हुन्छ ? ब्राण्डका नाममा आफुमात्र ठगीएका हुँदैनौं, राज्यले समेत राजश्व पाएको हुँदैन । राज्यको ढुकुटीमा राजश्व त जम्मा नहोला तर हामीले खरिद गरेको सामानपनि ब्राण्डको नाम मात्र हुन्छ । न वारेण्टी टिक्छ न ग्यारेण्टी नै पाइन्छ । यस्तै भएको छ, कुनै बेला धेरै सामान विकाएर सर्वसाधारणहरुको मन जित्न सफल भएको रिकोना ब्राण्डमा पनि ।

सकेजे इन्टरनेशनल विजनेश प्रा.लि.को उत्पादन रहेको रिकोना व्राण्ड घरायसी प्रयोगमा आउने सामाग्रीमध्येमा धेरैले रुचाएको ब्राण्ड मानिन्छ तर यो सामाग्री पछिल्लो समयमा अवैध भएको पुष्टि भएको छ । जसको कारणले गर्दा यस्ता सामानहरु नटिक्ने मात्र नभई राज्यलाई राजश्व समेत नबुझाएको प्रमाणित भएपछि दिनानुदिन यसको बजार खस्किँदै गएको छ ।

लामो समयदेखि नेपाली बजारमा विभिन्न चिनियाँ सामानको आयात गर्दै एसकेजे इन्टरनेशनल बिजनेश प्रालिले चिनियाँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक कक्षामा निर्माण गरेको कमसल सामानको आयात गरी उक्त सामानमा रिकोना ब्रान्डको नाम दिँदै वर्षौंदेखि उपभोक्ता ठगी गरेको आरोप रिकोनामा कार्यरत विभिन्न कर्मचारीहरुले नै लगाउने गरेका  छन् । यसबाट पनि के पुष्टि हुन्छ भने रिकोना ब्राण्डको आधिकारीक विक्रेता सकेजे इन्टरनेशनल विजनेश प्रा.लि. आफैमा बैघ छैन् । हुनत रिकोना बा्रण्डका अतिनै कमसल सामाग्रीहरुमा रिकोना ब्राण्ड भन्दै विक्रि गरेर उपभोक्ता ठगी गरेको र सामान वारेण्टीको अगाडि नै विग्रिने गरेको आरोप एक उपभोक्ताले लगाएका छन् ।

चिनियाँ सामानले नेपाली बजारमा बढी हिस्सा ओगटेपछि सोही मौकाको फाइदा उठाउँदै नेपाली उपभोक्तामाथि कमसल सामानलाई महँगो मूल्यमा बिक्री–वितरण गर्न विभिन्न ब्राण्डका नामा उल्लेख गर्ने गरेको बताइएको छ । यसरी चिनियाँ सामानलाई नेपाली ब्रान्डको नाममा वर्षौंदेखि बिक्री–वितरणको कार्य राजधानीको महाबौद्धमा बढी मात्रामा हुने गरेको छ । स्थानीय व्यवसायीले दिएको जानकारीअनुसार उत्तरी नाकाबाट सामान राजधानी ल्याई रातारात सो कमसल सामानलाई नेपाली ब्रान्डको स्टिकर टाँसेर बजार पठाउने कार्यमा विगत लामो समयदेखि एसकेजे इन्टरनेसनल बिजनेस प्रालिले रिकोनाका नामबाट सो कार्य भइरहेको नाम नलेख्ने सर्तमा एक व्यवसायीले बताए ।

रातारात चिनियाँ सामानको असली स्टिकर झिकी सो ब्रान्डको स्टिकर टाँसेर बजार पठाउने गरेको उनले जानकारी दिए । विभिन्न अवैध बस्तुहरुको कारोवारमा संलग्न रहेका सुमन खत्रीले संचालन गरेको सो कम्पनीले रिकोना ब्राण्डका नाममा यसरी उपभोक्ता ठगी गरिरहेको बताइन्छ । कहिले रत्ततचन्द होस् वा अन्य विभिन्न् अवैध तस्करी धन्दामा संलग्न सो कम्पनीका थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ ।

Facebook Comments

LEAVE A REPLY