प्रतिस्पर्धी इतिहास बोकेको हङकङविरुद्ध ठूलो जितको आस

97

विश्वकप छनोट क्रिकेटको अन्तिम खेलमा सोमबार नेपालले हङकङको सामना गर्दैछ। विश्वकप छनोटमा अघिल्लो चरण (सुपरसिक्स) मा पुग्ने झिनो गणितीय आशाका साथ नेपालले हङकङको सामना गर्न लागेको हो।

शनिबार भएको खेलमा अफगानिस्तानसँग पराजित भएसँगै नेपाल अंक तालिकामा बिना अंक पुछारमा छ। तर, हङकङ भने एक खेल जित्दै २ अंकका साथ नेपालभन्दा माथि छ। समान २ अंक भएपनि अफगानिस्तान रनरेटका आधारमा हङकङ भन्दा एक स्थान माथि अर्थात तेस्रो स्थानमा छ।

समूह बी बाट जिम्बावे र स्कटल्याण्डले अन्तिम खेल खेल्नुअघि नै सुपरसिक्समा स्थान बनाइसकेका छन्। तेस्रो टोली र अन्तिम स्थानको टुंगो भने नेपाल र हङकङबीचको खेलले लगाउनेछ।

सम्बन्धित समाचार: अब यस्तो स्थितिमा नेपालले पाउन सक्छ एक दिवसीय मान्यता

नेपालको लगातार तेस्रो हार

नेपालले हङकङलाई पराजित गरेर मात्रै पुग्दैन्। जितसँगै ०.०३८ रनरेट भएको अफगानिस्तानलाई पछि पार्नु पनि पर्छ। लगातार तीन खेल हारेको नेपालको रनरेट -१.५४६ छ।

यदि नेपाल हङकङसँग पराजित भयो भने हङकङले ४ अंक बनाउँदै सुपरसिक्समा स्थान बनाउँनेछ। समूह ए बाट सोही दिन यूएई सुपरसिक्समा पुगे नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना पनि सकिनेछ। यूएईको सुपरसिक्समा स्थान बनाउने सम्भावना प्रबल छ। नेपालले हङकङलाई पराजित गर्दा अफगानिस्तानको भन्दा रनरेट कम भयो भने एकदिवसीय मान्यताका लागि नेपालले प्लेअफ खेल्नुपर्ने छ।

हेड टू हेड
नेपाल र हङकङ परम्परागत प्रतिद्वन्द्वी हुन्। यी दुई टोलीबीच हालसम्म १२ वटा ५० ओभरका खेलहरु भएका छन्। जसमा कडा प्रतिस्पर्धा भएको छ। ६ वटा खेलहरु नेपालले आफ्नो पक्षमा पारेको छ भने ५ वटा खेल हङकङले जितेको छ। एउटा खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो।

सन् १९९६ मा भएको एसीसी ट्रफी इलाइटमा नेपाल र हङकङ पहिलोचोटी आमने सामने भएका थिए। उक्त खेल हङकङले ६ विकेटले आफ्नो पक्षमा पारेको थियो। यी दुई टोलीहरु अघिल्लोवर्ष विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आमनेसामने भएका थिए। जसमा पनि हङकङले बाजी मारेको थियो।

हङकङसँग उक्त खेलमा पराजित भएसँगै नेपालको च्याम्पियनसिपको शीर्ष चारमा रहँदै विश्वकप छनोटमा पुग्ने सपना तुहिएको थियो। पराजयसँगै डिभिजन दुईमा घटुवा भएको नेपाल अघिल्लो महिना नामिबियामा भएको डिभिजन दुईकोे शीर्ष दुईमा रहदंै विश्वकप छनोट खेल्न पाइपुगेको हो। हङकङले भने च्याम्पियनसिपको शीर्ष चारमा रहँदै विश्वकप छनोटको यात्रा तय गरेको थियो।

नेपाल र हङकङबीच हालसम्म भएका खेलहरुः

१९९६ एसीसी ट्रफी इलाइट

नेपाल १३७ (४९ ओभर) विरुद्ध हङकङ १३९/४ (३३.३ ओभर)
हङकङ ६ विकेटले विजयी

१९९८ एसीसी ट्रफी इलाइट

नेपाल १५० (३८ ओभर) विरुद्ध हङकङ १५४/४ (२८.१ ओभर)
हङकङ ६ विकेटले विजयी

२००० एसीसी ट्रफी इलाइट

हङकङ २६८/३ (५० ओभर) विरुद्ध नेपाल ८९/१० (२४ ओभर)
हङकङ १७९ रनले विजयी

२००६ एसीसी ट्रफी इलाइट
नेपाल २११/७ (५० ओभर) विरुद्ध १२४/१० (४३.३ ओभर)
नेपाल ८७ रनले विजयी

२००८ एसीसी ट्रफी इलाइट
नेपाल २४५/७ (५० ओभर) विरुद्ध हङकङ २०१/९ (५०ओभर)
नेपाल ४४ रनले विजयी

२०१० एसीसी ट्रफी इलाइट
नेपाल २३६/७ (५० ओभर) विरुद्ध हङकङ ११८ (३३.४ ओभर)
नेपाल ११८ रनले विजयी

२०१२ एसीसी ट्रफी इलाइट
नेपाल २२५/५ (५० ओभर) विरुद्ध हङकङ १००/१० (३७ ओभर)
नेपाल १२५ रनले विजयी

२०१४ एसीसी प्रिमियर लिग
हङकङ १८१/१० (४१.५ अोभर) विरुद्ध नेपाल १४७/३ (३४.१ अोभर)
नेपाल डिएलमा ७ विकेटले विजयी

२०१४ विश्वकप छनोट
नेपाल १५० (४९.३ ओभर) विरुद्ध हङकङ १५४/१० (३३.२ ओभर)
हङकङ १० विकेटले विजयी

२०१७ एसीसी इमर्जिङ कप
हङकङ २१४/१० (५० ओभर) विरुद्ध नेपाल २२०/३ (४४.२ ओभर)
नेपाल ७ विकेटले विजयी

२०१७ विश्वक्रिकेट लिग च्याम्पियनसिप
हङकङ १९४ (५० ओभर) विरुद्ध नेपाल १११ (३४.५ ओभर)
हङकङ ८३ रनले विजयी

दोस्रो खेल वर्षाका कारण रद्द

Facebook Comments

LEAVE A REPLY