पर्यटन गतिविधि बढाउन खप्तडमा होमस्टेको तयारी

137

डोटी, सुदूरपश्चिमको पर्यटनको मुटुका रुपमा चिनिने खप्तडमा पर्यटन गतिविधि बढाउन  खप्तड प्रवेशद्वार बगलेकमा होमस्टे सञ्चालनको तयारी थालिएको छ ।

 

डोटीको पूर्विचौकी गाउँपालिका, होटल व्यवसायी संघ डोटी र पूर्विचौकी गाउँपालिका – २ को संयुक्त लगानीमा बगलेक गाउँका  १० घरधुरीबाट होमस्टे सुरु गरिने होटल व्यवसायी संघ डोटीका अध्यक्ष दिपकबहादुर खड्काले जानकारी दिनुभयो । बगलेकमा तत्कालै ठूला होटेलहरु सञ्चालनमा ल्याउन समस्या हुने हुँदा होमस्टेका माध्यमबाट पर्यटकहरुलाई सुविधा दिन स्थानीय घरहरुलाई छनौट गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

फागुन १९ गते बगलेक गाउँमा होमस्टे सञ्चालनका लागि वडाअध्यक्ष योगेन्द्र ठकुल्लाको अध्यक्षतामा बसेको बैठकमा होटल व्यवसायी संघका अध्यक्ष दिपकबहादुर खड्का , कोषाध्यक्ष शिद्धराज जोशी, खप्तड मध्यवर्ती क्षेत्रका सदस्य पदमसिंह साउदलगायत स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो । यसै वर्षदेखि होमस्टे सञ्चालनका निम्ति गाउँपालिकाबाट तीन लाख र वडा नम्बर २ को तीन लाख गरी ६ लाख रुपैयाँ गाउँपरिषदबाट विनियोजित गरिएको छ ।

साथै थप आवश्यक लगानी होटल व्यवसायी संघ डोटीले बेहोर्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । होमस्टे सञ्चालनमा आएपछि स्वरोजगारको श्रृजना हुनुका साथै स्थानीय परिकार र सस्कृतिकोसमेत जगेर्ना  हुने वडाअध्यक्ष  योगेन्द्र ठकुल्लाले भनाई छ ।

 

 

Facebook Comments

LEAVE A REPLY