नेता पौडेलसँग चिनियाँ राजदूतको भेटवार्ता

103

काठमाडौँ, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच आज भेटवार्ता भएको छ ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, वाम तथा लोकतान्त्रिक गठबन्धन, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा दुई देशबीचको आपसी सम्बन्धका विषयमा उहाँहरुबीच कुराकानी भएको नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । भेटवार्ता पौडेल निवास बोहराटारमा भएको थियो । रासस

Facebook Comments

LEAVE A REPLY