मेयरको मनपरी लुट : नगरपालिकामा चुलियो अनियमितता

23

– रौतहत व्यूरो

रौतहट । जिल्लाको माधव नारायण नगरपालिका कार्यालयमा मृतकको नाममा समेत मेयरले मनपरी रुपमा ठगी गरेको फेला परेको छ ।

प्राप्त सुमाचार अनुसार उक्त नगरपालिकाका मेयर र निमित्त कार्यकारी प्रमुखको मिलेमतोमा मृत्यु भैसकेकाहरुका नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताइएको हो । किर्ते हस्ताक्षर र कागजात तयार गरी उनीहरुले ठगी गरेका हुन्

यति मात्र होइन उक्त नगरपालिकाका विभिन्न शिर्षकका बजेटहरुमा अनियमितता गर्नमा मेयर तथा कार्यकारी प्रमुखको मिलेमतो रहेको समाचारस्रातले उल्लेख गरेको छ

यतिबेला सो नगरपालिकामा भएको अनियमितताका विषयमा स्थानीयबासीहरुले व्यापक विरोध जनाउँदै आएको समेत खुल्न आएको छ । नगरपालिकाको मेयर बिरेन्द्र राय यादब र निमित्त कार्यकारी प्रमुखले गरेको अनियमितताले यतिबेला सीमा नाघेको छ । विकास निर्माणको कामहरु धमाधम कागजी रुपमा सम्पन्न हुँदै व्यापक अनियमितता भएको तीव्रखबरले फेला पारेको छ ।

सो नगरपालिकाको स्थानीय विकासका लागि भन्दै नेपाल सरकारले विकास गर्न करोडौं रकम दिएको भएतापनि विकास निर्माण भने शुन्य छ । तर कागजी रुपमा मात्र विकास गर्दै उक्त नगरपालिकाको विकासमा शुन्य बराबर भएको छ । जन प्रतिनिधि भन्दा आफ्नो शासन गर्न केही कर्मचारीहरु तल्लिन रहेका छन्, उनीहरु केही ठूला नेताहरूको सरक्षणमा कमिशनतन्त्र मच्चाउँदै उप सचिवको दरबन्दी भएको स्थानमा नियमित अधिकृत भै कार्यकारी हैसियतमा काम गर्दै आएका छन् कार्याकारी प्रमुख प्रलव कायस्थ ।

कायस्थले लाखौं लाख रकम यी उच्च पदकारीलाई दिन सामान्य प्रशासन मन्त्रालय र सघिय मामिला मन्त्रालयको सचिव, सहसचीव र उप सचिवदेखि अधिकृतसम्मलाई रकम बुझाउँदै यस्तो हर्कत गरिरहेको आरोप स्थानीयहरुको छ ।

सो नगरपालिकाका कर्मचारीहरुले जनताको काम कमिशन बिना गर्दैनन्, त्यतिमात्र होर प्रमुख कार्यकारी अधिकृत कायस्थले त रौतहटमा ठूलो रकम कमाउने उदेश्यले दादागिरी शासन नै चलाएको बताइन्छ । नगरपालिका स्थापना भएदेखि लेखा प्रमुखसंगको मिलेमतोमा विकास निर्माणका कामकाजहरु कागजमै सिमित राखी नक्कली बिलभरपाई बनाउँदै अनियमितता गर्न कायस्थ अहोरात्र तल्लिन छन् जन प्रतीनिधि नहुने बेला देखि नै उनले करोडौं रकम भ्रष्टाचार गरि रजाई गरि रहेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानियबासीले खुलासा गरेका छन् ।

विगत लामो समयदेखि अनियमिततामा संलग्ना भएको आरोप लाग्दै आएका कायस्थको विरुद्ध थुप्रै उजुरी दर्ता भएको छ । कायस्थले जिन्सी शाखाको मिलेमतोमा समान खरिदमा पनि क्वालिटी र क्वान्टीटिमा अनियमितता गर्ने गरेका छन्, उनले सस्तो सामानको महंगो बिल बनाउन लगाई जिन्सी दाखिला गरि गुप्त रूपमा करोडौं रकम हिनामिना गरेको बताइएको छ ।

भ्रष्ट कायस्थले नगरपालिका र सबै वडाहरुबाट विकास बजेटमा ३० प्रतिशत अनिवार्य रुपमा कमिशसन लिने गरेको बताइएको छ । सो नगरपालिका सबै कार्यक्रम कर्मचारीतन्त्रमा सिमित भएका छन् । विकास निर्माणको सवालमा माखो नमारेका उनीहरुका कार्यशैलीका कारण विकास बजेट फ्रिज हुने भएको छ । लिखित रूपमा सूचना पनि नदिने बेभसाइटमा खर्च विवरण पनि नराख्ने जस्ता गतिविधी सो नगरपालिकाको छ । निमित्त कार्यकारी प्रमुख कायस्थलाई बेभसाइडमा कार्यालयका कामकाज र लेखा प्रणालीको अपडेट नभएको विषयमा प्रतिकृया लिँदा अनभिज्ञता प्रकट गरेका छन् । यसैगरि मेयर यादबलाई प्रतिकृयाको लागि सम्पर्क गर्दा सम्पर्क हुनसकेन । सो नगरपालिकाका थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ ।

Facebook Comments

LEAVE A REPLY