प्रहरीद्वारा न्युज अभियानकर्मीलाई दुरब्यवहार

12

काठमाडौं । न्युज अभियानकर्मी प्रनिश थापालाई गएराती दुरब्यवहार भएको छ ।

राती साँढे १० बजेको समयमा नेवारी खाजा घरमा असर्इ स्याम चौधरीले दुब्यवहार गरेका हुन् ।

प्रहरी चौकी रुपन्देही दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत असर्इ स्याम चौधरीले अशुली धन्दामा बितण्डा मच्चाएको बिषयमा न्युज अभियान डटकमले केही दिनदेखि निरन्तर रूपमा खबर प्रकाशित गर्दैआएकोमा असई चौधरीले आइतबार राती त झन् ल आफ्नो नैतिकता नै बिर्सेर दुब्यवहार गरेका थिए ।

स्थानीय पत्रकार गोपाल भण्डारीसंग सो, होटलमा पुग्दा समाचार प्रकाशितको बिषयलाई लिएर असइ चौधरीले दुब्यबहार गरेका हुन् । उनले तैले समाचार लेखेर केहि नहुने बताएकाछन् ।

डिआइजी अधिकारीलाई चौधरीको यति मोह किन ?

कपिलवस्तुमा अशुली : चौधरी माथि डिआइजीको संरक्षण !

डिआइजी अधिकारी तनावमा ! ‘२ लाख चालिस हजार रकम खाएको प्रमाण पुगेपछि खैलाबैला’

त नेपाल प्रहरीको ठेक्का लिएर बसेको छस् । किने लेखेको मेरो बारेमा समाचार  ? त चिफ होस् ? संगठन सुधार्नु छ भने चिफ बन ? भन्दै दुब्यवहार गरेका थिए ।

उनले दुब्यवहार गरेलगत्तै डिआइजी पिताम्बर अधिकारी र ५ नम्बर प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी टीका बहादुर कार्कीलाई गएराती नै घट्नाबारे जानकारी गराउदा यस बिषयमा सोमबार कपिलवस्तुका एसपी अच्युत पुडासैनीलाई ध्यानाकर्षण गराउने बताएका छन् ।

कानुनत: नेपाल प्रहरीको बहालवाला प्रहरीले समाचार प्रकाशित गरेको बिषयलाई लिएर यस्तो बोल्न मिल्दैन ।

तर, उनले आफ्नो हैसियत नै बिर्सेर होटल सञ्चालक समेतको मिलेमतोमा दुब्यबहार गरेका थिए । असई चौधरीको अशुली आतंकको बारेमा न्युज अभियानले निरन्तर रूपमा फ्लोअप गर्दै आएको छ ।

समाचारमा चित्त नबुझे कानुनी प्रावधान खुल्ला रहेकाले ब्यक्तीगतरुपमा जहा भेट्यो त्यही थर्काउने धम्क्याउने कार्य नगर्न हाम्रो आग्रह । 

Facebook Comments

LEAVE A REPLY