आर्मी र गण्डकीको बराबरी

16
newsabhiyan

काठमाडौं /आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बुधबार बराबरी खेलेका छन् ।

नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको खेलमा उपाधि दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले ।

गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो ।

 अन्य खेलमा प्रदेश २ र प्रदेश ५ विजयी भए । प्रदेश २ ले प्रदेश ३ लाई ५–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि गोविन्द अधिकारी तथा हर्विन्द्र सिंहले २–२ गोल गरे भने मनोज शाहले १ गोल थपे ।

प्रदेश ५ ले प्रदेश १ लाई ३–० गोलले हरायो । जितमा सानु लामा, अमन कुमार र मनीष गुरुङले १–१ गोल योगदान गरे ।

पुरुष हक्कीमा सातै प्रदेश, आर्मी र प्रहरीसहित ९ टिम सहभागी छन् । पुरुषमा हक्कीमा प्रहरीले पहिलोपटक टिम सहभागी गराएको हो । प्रतियोगिताको प्रदेश ५ का शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले शुभारम्भ गरेका थिए । महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि सुरु हुँदैछ ।

स्क्वास : अमृत क्वाटरफाइनलमा

  आठौं अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले गण्डकीकै कासिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समै प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपीएफका उमिद शाक्यले प्रदेश १ का अश्विन टोडीलाई ११–६, १२–१०, १२–१४ र ११–७ तथा प्रदेश ३ का अमिर ब्लोनले एपीएफका विजय मगरलाई ११–९, १८–१६, ५–११ र ११–७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

त्यस्तै प्रदेश २ का दीपक थापाले एपीएफका मित्रलाल गुराउलाई १०–१२, ११–७, ६–११, ११–६ र ११–५, एपीएफका विक्रम मगरले प्रदेश ३ का विनोदरत्न शाक्यलाई ११–५, ११–५ र ११–७ तथा प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारले प्रहरीका आकाश सुनुवारलाई ५–११, ११–७, ११–४, ८–११ र १६–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।

प्रदेश १ का निशान्त अग्रवालले प्रहरीका सुदीपबहादुर सिंहबाट वाकओभर पाएर क्वाटरफाइनलमा प्रवेश गरे ।

Facebook Comments

LEAVE A REPLY