फेरियो निवेदन : एसपीको आदेशमा बलात्कारीलाई यस्तो उन्मुक्ति

44

काठमाडौं–इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले राजनितिक दबाब आएपछी जबर्जस्ति गर्न खोज्नेको घट्ना कमजोर बनाउन निबेदन फेरेका कारण पिडितले न्याय नपाएको आरोप लाएका छन ।

जबर्जस्ति करणी गर्न आउने सिन्धुखोलाका ऋषिराम तिवारी ५ हजार धरौटीमा रिहा भएका छन । इलाका प्रहरी कार्यालय मेलम्चीले महिलालाई जबर्जस्ति गर्न खोज्ने तिवारीको मुद्दा कमजोर बनाउन अभन्द्र व्यवहार भनेर प्रहरी आफैले निबेदन लेखेर घट्ना कमजोर बनाएको बताइन्छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ सिन्धुखोला बस्ने वर्ष ४३ को ऋषिराम तिवारीले सोही ठाउँकी एक महिलालाई जबरजस्ती गर्न खोजेका थिए। पीडित पक्षले बलात्कार गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय मेलम्चीमा निवेदन दिएका थिए।

पीडित पक्षको निवेदन आएपछि प्रहरीले तिवारीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । तर राजनितिक दबाब आएपछी प्रहरीले आफुलाई अप्ठेरो पर्ने भन्दै अभद्र ब्यबहार भनेर निबेदन फेरेको थियो । घट्ना मिलाउन १२ नम्बर वडाका अध्यक्षका श्रीमती लगाएतको टिमले लाखौ रुपया दिन्छौ मिल्नु पर्छ पिडित महिलाले भने ।

यसै विषयमा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक दर्नाललाई प्रतिकृयाको लागि जिज्ञासा राख्दै सबै कुरा प्रहरी उपरिक्षक मुकुन्द मरासिनलाई थाहा छ उतै बुझ्नुस भन्दै जवाफ दिन पन्छिए । प्रहरी निरिक्षक दर्नालको यस किसिमको प्रतिकृया र एसपी मरासिनसंग बुझ्नु भन्नुले एसपी मरासिनको आदेशमा उनले उक्त कागजात परिवर्तन गराएको स्पष्ट हुन्छ । यसै विषयमा एसपी मरासिनलाई सम्पर्क गर्दा फोनमा केही पनि नबुझेको र पछि कुरा गर्ने बताए ।

Facebook Comments

LEAVE A REPLY