जुगल आरोहण तुहियाे : नेकपाका नेताबाट एक कराेड झ्वाम

80

काठमाण्डाै । “जस्काे हात जगन्नाथ” भन्ने पचलित उखानलाई बर्तमान सरकार पक्षका नेताहरुले चरितार्थ गरेका छन् । ती नेताले सरकारी ढुकुटीकाे कराेडाै रुपैयाँँ यसरी झ्वाम पारेकी अहिले सबै चकित परेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा रहेको जुगल हिमशृंखलामध्येको सबैभन्दा अग्लो चुचुरो ग्याल्जेन पिक आरोहणमा हिँडेका टोली बीचबाटै फर्किएको छ ।

बिना तयारी नेकपाका नेताहरुको टोली सरकारी खर्चमा त्यता लागेको थियो । चैत १५ बाट सुरु गरेका आरोहण टोली ४ हजार ७ सय २४ मिटरको उचाई भन्दा माथि गएको छैन ।

नेकपा केन्द्रीय सदस्य माधव सापकोटोले अपरान्ह चार बजे प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीलाई आफू अस्वस्थ रहेको र खाद्यान्नसमेत सकिएको जानकारी गराएका थिए । आफूहरु रहेको स्थानबाट तल पपिन झर्न नसक्ने भन्दै उनीहरुले सिम्रिक एयरको हेलिकप्टर मगाएका थिए ।
उनीहरुको स्वास्थ्य अहिले सामान्य छ ।

अर्का नेता सुभाष भने स्वास्थ्यमा समस्या भएपछि यसअघि नै फर्किसकेका छन् । नेताद्वय सुभाष र सुवोध ४ हजार ७ सय २४ मिटरको उचाइमा रहेको जुगल बेस क्याम्पमा पुगेर फर्केका हुन् । यो चुचुरोको उचाई ६ हजार १ सय ५१ रहेको छ । २८ डिग्री ११ मिनेट अक्षांश र ८५ डिग्री १७ सेकेण्ड देशान्तरमा रहेको जुगल हिमाल जुगल गाउँपालिका ३ गुम्बामा रहेको छ ।

हालसम्म मानव पाइला नपुगेको यो चुचुरो आरोहणका लागि प्रदेश सरकारले ५० लाख र जुगल गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको थियो । साथै नेताहरुले बिभिन्न स्थानीयतहवाट अनिवार्य पैसा हाल्नु पर्ने निर्देशन दिएका छन् । सम्पूर्ण निकायको जम्मा गरेर एक करोड रुपैयाँ सरकारी खर्चमा नेताहरु हिमाल चढ्न हिडेका थिए । तर, बीचवाटै फकिएका छन् ।

Facebook Comments

LEAVE A REPLY