ढाँटको खेती गर्दै मन्त्री पोखरेल

34

काठमाडौं/ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल पछिल्लो ढाँटको खेती गर्नमा मस्त छन् । मन्त्री भएपछि जे बोले पनि हुन्छ र जनताले नबुझी ताली पड्काउँछन् भन्ने मानसिकता कायमै छ ।

पोखरेलमात्र होइन अरु मन्त्रीको पनि काम आजभोलि निर्मला हत्याकाण्डको दोषी पत्ता लागेको छ र अब सार्वजनिक हुन मात्र बाँकी छ भन्ने थालेका छन् ।

पोखरेलले मानव अधिकार दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा निर्मला काण्डको हत्यारा पत्ता लागिसकेको र सार्वजनिक भइहाल्ने बताएका थिए ।

उनले डिसेम्बर ९ मा यो बोलेका आज ८० दिन बितिसकेको छ तर यो काण्डबारे सरकार मौन छ । उनले यो काण्ड सार्वजनिक गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्ला र उसको टाउको दुख्ला पनि भनेका थिए । यो घटना सार्वजनिक गरे सरकारको लोकप्रियता बढ्ने निश्चित छ ।

प्रतिनिधिसभाको बैठकमा पोखरेलले बोलेको कुरा के हो भनेर कांग्रेस सांसदहरुले आवाज उठाउँदै आए पनि पोखरेल निलोकालो भएर चुपचाप लागेर बसेका थिए, आलोचनामा उल्लेख छ ।

पोखरेल २०६४ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा कांग्रेस नेता नरहरी आचार्यबाट दुई पटक नै पराजित भए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि उनको राजनीति बचेको छ ।

एमालेको बहालवाला महासचिव रहेका उनी पार्टी एकतामा कमजोर सावित भए । उपमहासचिव विष्णुप्रसाद पौडेललाई एकतापछिको पार्टीको महासचिव बनाइए पनि उनी लाज पचाएर बसेका छन् । 

Facebook Comments

LEAVE A REPLY