निर्माण व्यवसायी सङ्घको अध्यक्षमा राय विजयी

39

लहान / नेपाल निर्माण व्यवसायी सङ्घ लहान सिरहाको अध्यक्षमा रासलाल राय विजयी हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षमा आफ्ना प्रतिद्वन्द्वीलाई ४२ मत अन्तरले पराजित गर्दै राय विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत परशुराम निरौलाका अनुसार अध्यक्ष पदमा विजयी हुनुभएका रायले १८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी मोहम्मद इस्लाम अलीले १३९ मत प्राप्त गर्नुभयो । यस्तै सङ्घको उपाध्यक्षमा गोपाल रायले १५८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी अमरनाथ साहले १५५ मत ल्याउनुभयो ।

महासचिवमा नन्दकिशोर साह प्रतिद्वन्द्वी रामचन्द्र साहको १५३ का विरुद्ध १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । सङ्घको सचिवमा विमल अधिकारीले १७२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी जयप्रकाश साहले १३९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सङ्घको कोषाध्यक्षमा श्यामकुमार महतोले १६१ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कमलप्रसाद यादवले १५१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो ।

सङ्घको सदस्यमा अशोकुमार यादव १७७ मत, जितेन्द्रकुमार यादव १७५ मत, कृष्णप्रसाद सिंह १६३ मत, दीपेन्द्रकुमार यादव १५९ मत, राजेश्वर साह १५५ मत, वीरेन्द्र यादव १५४ मत र प्रमोदकुमार सिंह १५१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो ।

कूल ३३१ मतदाता रहेको सङ्घको नयाँ नेतृत्व चयनका लागि हिजो शनिबार भएको मतदानमा ३१५ ले मत खसालेको निरौलाले बताउनुभयो । 

डा मण्डलद्वारा बाराका हावाहुरी पीडितलाई राहत

बाराका हावाहुरी प्रभावित ३० परिवारलाई चिकित्सक डा टेकनारायण मण्डलले व्यक्तिगतरूपमा राहतस्वरुप त्रिपाल, झुल र साडीलगायतका समान वितरण गर्नुभएको छ ।

गत आइतबार आएको हावाहुरीबाट घरबारविहीन भएका बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरका पीडित परिवारलाई डा मण्डलले प्रतिपरिवार त्रिपाल, झुल, साडी, म्याटलगायतका समान एक÷एक थान वितरण गर्नुभयो । परवानीपुर गाउँपालिकाका अध्यक्ष तथा वडाध्यक्षको उपस्थितिमा पीडित परिवारलाई करीब रु ५५ हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेको डा मण्डलले बताउनुभयो । सप्तरीको राजविराज निवासी जनरल फिजिसियन डा मण्डलले राजविराजमा निजी क्लिनिक सञ्चालन गर्दै आउनुभएको छ । 

Facebook Comments

LEAVE A REPLY