१५औं बर्षीय योजना देशको पहिचानबदल्ने दस्तावेज : प्रम ओली

28

काठमाडौं / प्रधानमन्त्री केपीशर्मा ओलीले १५ औं पञ्चबर्षीय योजना देशको पहिचानबदल्ने दस्तावेज भएको बताउनुभएको छ ।
राष्ट्रिय विकास परिषदको बैठकलाई आज समापनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभयो ।
प्रधानमन्त्रीओलीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो पञ्चबर्षीय योजनाभएकोले यसले परिवर्तित सन्दर्भहरुलाई विशेष प्राथमिकतादिएर उठाएको बताउनुभएको छ ।
प्रधानमन्त्रीओलीले यसै योजनाकालमा नेपालले अविकसितमुलुकको सुचीबाट विकासोन्मुख देशको सुचीमापुगने बताउनुभएको छ । “१५औं पञ्चबर्षीय योेजनामा नेपालले धेरै उपलब्धीहासिलगर्दछ । सबभन्दा ठुलो कुरा अविकसित देशको सुचीबाट हामीविकासोन्मुख देशमा परिणत हुनेछौं” प्रधानमन्त्रीओलीले भन्नुभयो “हाम्रो देशमाभएकाशिक्षा,स्वास्थ्य,गरिबी,शुसाशनआदिका क्षेत्रबाट अविकसित देशको अ हटाउनेछौं । त्यस कारण यस योजनाले नेपालको परिचय बदल्दछ ।”
प्रधानमन्त्रीओलीले यही योजनाकालमा राष्ट्रिय उत्पादनमा ५० प्रतिशत वृद्धि गर्ने बताउनुभएको छ । नेपालमाभएको शासन प्रणाली विश्वकाउत्कृष्ट व्यवस्थामा पर्ने प्रधानमन्त्रीओलीको भनाइ छ । “कतिपयले सरकारले अधिनायकवाद ल्याउछ कि भन्छन् तर होइन यो सरकारले समाजवाद ल्याउछ । समृद्धिसँगै सामाजिकन्याय र समानताउपलब्धीहुनसक्यो भने समाजवाद आउछ ” प्रधानमन्त्रीओलीले भन्नुभयो “हामी राजनीतिक, आर्थिक,सामाजिकन्याय,समानता,उत्थान,विकास,मानव सुचकांक,वातवरणीय सजगता,साँस्ृकतिक चेतना हरेक दृष्टिकोणले देशलाई समृद्ध बनाउदैछौं ।”
प्रधानमन्त्रीओलीले प्रष्तुत गरेको १५ औं पञ्चबर्षीय योजनाको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमापास गरेको छ ।

Facebook Comments

LEAVE A REPLY