रिद्धी ट्रेडर्सद्वारा भ्याट छली

46

फर्मकी सञ्चालक कानुनी रुपमा रश्मी अग्रवाल

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरबाट उत्पादित विभिन्न ठूला कम्पनीका उत्पादन बिक्रीवितरण गर्ने आधिकारिक डिलरका रुपमा रहेको रिद्धी ट्रेडर्सले कारोबारमा लामो समययता लाखौँको भ्याट छली गरेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याटमा दर्ता भएर रिद्धी ट्रेडर्सका नाममा ३०५६७९४०२ भ्याट नम्बर समेत प्राप्त गरेको उक्त फर्मले विभिन्न कम्पनीका उत्पादन बिक्री गर्दा पूर्ण रुपमा इस्टिमेट बिलको प्रयोगबाट सामान बिक्री गर्ने गरेको छ ।
उक्त फर्मकी सञ्चालक कानुनी रुपमा रश्मी अग्रवाल रहेको पाइएको छ । तर उक्त फर्मबाट सञ्जय अग्रवालले निर्बाध रुपमा कारोबार गरी करोडौँको भ्याट छली हुँदै आएको दाबीस्रोतले गरेको छ । अधिकांश ठूला उद्योगको उत्पादन बिक्रीवितरणमा संलग्न अग्रवालले आधिकारिक डिलरका रुपमा खाद्य वस्तुको कारोबार गर्दै आएका छन् । आन्तरिक राजस्व कार्यालयबाट २०६९ सालमा भ्याट दर्ता भएको रिद्घी ट्रेडर्सले विभिन्न उद्योगका उत्पादनको डिलरसिप पाएदेखि नै राज्यलाई बुझाउने भ्याट ठगी गर्ने गरेको खुलेको छ । कुनै समय अग्रवाल विराटनगरमा व्यापारिक टाट पल्टिएका र अहिले एक्कासि माथिल्लो दर्जाको व्यापारीमा उक्लिएसँगै शंकाको घेरामा पर्दै आएका छन् । सामान्य दैनिक जीवनयापन गर्नेदेखि माथिल्लो दर्जाका व्यक्तिहरु समेतले प्रयोग गर्ने चाउचाउदेखि खाद्यान्न समेतको कारोबारमा रहेको रिद्घी ट्रेडर्सका सञ्चालक अग्रवालको पछिल्लो समयमा कारोबार उच्च रुपमा बढ्न पुगेको छ । अहिले सोही कारोबारबाट करोडौँ कमाउन सफल अग्रवालले खाद्यान्न तथा खुद्रा वस्तुको बिक्रीबाट एक दिनमा मात्र लाखौँको भन्दा बढी भ्याट ठगी गर्ने गरेको खुलेको स्रोतको दाबी छ । नेपाल र भारतको बोर्डर अत्यन्त नजिक भएका कारण आधिकारिक कम्पनीको डिलर रहेको रिद्घी ट्रेडर्सका अग्रवालले खाद्यान्नका सामानहरु भन्सार नै नतिरीकन विराटनगर ल्याएर बिक्रीवितरण गरी अकल्पनीय राजस्व ठगी भएको दाबी पनि स्रोतले गरेको समाचार आर्थिक दैनिकले छापेको छ । त्यसबाहेक सरकारले लिँदै आएको आयकरमा समेत लाखौँ रकमको ठगीभएको स्रोतको दाबी छ ।

Facebook Comments

LEAVE A REPLY