डाक्टरको सेवाले होइन्, दलाल एजेन्टको भरमा चल्छ – ग्राण्डि अस्पताल

77

-पवित्रमणी शर्मा

काठमाडौं । जुन देशमा जिम्मेवार सरकार हुँदैन, त्यो देशमा भरपर्दो प्रशासन हुँदैन । त्यो देशमा राज्यबाट जनताको आवश्यक्ता कहिल्यै पुरा हुँदैन । कानुनलाई केवल कागजको खोस्टो ठान्नेहरु निसन्देह जनतालाई ठगी रहन्छन् । सरकार त्यसमा रमिते बन्छ । नेपालको हरेक क्षेत्रमा पहुँचवालाहरुले जनता ठगी रहेका छन् ।

स्वास्थ्य, शिक्षा, वैदेशिक रोजगार तथा जनतासंग प्रत्येक्ष सरोकार राख्ने जुनसुकै निकायबाट पनि जनता ठगिनु परेको छ, तर राज्यको यस्ता ठगी प्रकरणमा न आँखा खुलेको छ, न त जनताले गुनासो गर्दा कान नै खुलेको छ । यस्तै ब्रम्हलुट मच्चाउन उद्धत रहेको छ, अन्र्तराष्ट्रिय स्तरको हावादारी भ्रम फैलाएर कमाउ धन्दामा लागेको काठमाडौंको धापासी स्थित ग्राण्डि इन्टरनेशनल हस्पिटल । जनतालाई अन्तराष्ट्रिय स्तरको सर्वसुविधा सम्पन्न सेवा दिने भन्दै संचालनमा आएको सो अस्पतालले कुनै वैदेशिक रोजगार कम्पनीलाई समेत माथ खुवाउने गरि गल्ली गल्लीमा दलाल एजेण्टहरुको भरमा विरामी रिफर गर्न लगाउने र त्यही विरामीबाट मोटो रकम चुसेर दलालहरुलाई कमिशन दिने गरेको धेरैलाई थाहा नहुन सक्छ ।

हालसम्म औपचारिक रुपमा उद्घाट्न समेत नभएको सो अस्पताल विरामीको लागि जिवनदान होइन् मुत्युसैया त बनिरहेको छ नै, मृतकका आफन्तले समेत भए भरको धन सम्पत्ति गुमाउनु परिरहेको छ । सामान्यतः चौविस घण्टा बराबर एक क्याविन बापत न्यूनतम छ हजारसम्म शुल्क असुल्ने सो अस्पतालमा डाक्टरहरु विरामीको सेवामा अनभिज्ञ बन्दै एउटाले अर्को र अर्कोले पुनः अर्कोलाई उपचार गर्छ भनेर झुलाउने मात्र होइन्, विरामीको लागि अनावश्यक औषधी खरिद गर्न लगाई सो औषधीको कमिशन लुट्न तल्लिन रहेको आरोप छ । दलाल एजेण्टहरुले ल्याएका उपचार सम्भव नहुने विरामीहरुलाई समेत उपचार हुन्छ भन्दै भर्ना गरेर रकम अशुल्ने र पछि अन्यत्र अस्पतालमा रिफर गरि त्यहाँबाट पनि मोटो रकम कमिशनको रुपमा लिने गरेको आरोप विरामीका आफन्तले लगाउने गरेका छन् ।

ग्राण्डि इन्टरनेशन हस्पिटलको बारेमा सबै कुरा भन्ने हो भने लामो फेहरिस्त बन्नसक्छ, तर जो विरामी तथा आफन्त त्यस हस्पिटलमा सेवा लिन पुगेका छन्, सबैजना आजित छन् र भन्ने गरेका छन् – ग्राण्डिमा उपचार गर्न जानु भनेको काल खोज्न जानु हो । हुन त, मुलुकका राष्ट्रपतिदेखि दलका नेतृत्वकर्ताहरु समेत सो अस्पतालमा सेवा लिन पुगि सकेका छन् । तर प्रश्नहरु धेरै उव्जिएका छन् । ती नेताहरु किन दोहो¥याएर सो अस्पताल गएनन् । नेताहरु समेत उपचार गर्नु परेमा विदेशी अस्पतालमा नै निर्भर छन्, दृष्टान्त यहीबाट थाहा हुन्छ – खोई गफ गरे झै ग्राण्डिमा अन्तराष्ट्रिय स्तरको सुविधा ? ग्राण्डि अस्पतालले प्रचारित सेवा सुविधा दिन नसक्नुको एउटै कारण हो – दक्ष जनशक्ति र स्तरिय सेवा भन्दापनि दलाल एजेन्टहरुमा निर्भर हुनु । कुनैबेला नेपालमा नेटवर्किङ कम्पनीहरुले जनताबाट अरबौं लुटेका थिए, राज्यले नियमन गर्न सकेन, सिधै नियन्त्रण गरिदिए पछि संचालकहरु फरार भए ।

जनताको रकम फिर्ता हुन सकेन, त्यस्तै संकेत दिनेगरि दलाल एजेण्टहरु राखेर सो अस्पतालले जनताहरुलाई ठगी रहेको छ । राज्यले ग्राण्डिको ठगीलाई नजर अन्दाज गरिरहने हो भने धेरै जनताहरु अकालमा मर्न सक्ने र धेरैको उठिवास हुनसक्ने गुनासोहरु तीब्रखबरलाई प्राप्त भएका छन् । हुन त, सो अस्पतालमा सेवा लिने कोही पनि सन्तुष्ट छैनन्, तर स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिँदै ठगिएका विरामीहरुको नाम गोप्य राखिएको छ । सो अस्पतालको सेवा सम्बन्धि गुनासो विषयमा प्रतिकृया लिन खोज्दा अस्पतालका कार्यकारी प्रमुखसंग सम्पर्क हुन सकेन । सो अस्पतालको ठगी प्रकरणको गहिराईसम्म तीव्रखबर पुग्न खोजी रहेको छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा सुचना संप्रेषण गर्नु संचारको दायित्वबोधलाई मनन गरि अन्य प्रकरणहरु आगामि दिनमा प्रकाशन गरिने छ ।

Facebook Comments

LEAVE A REPLY