गुणस्तरहीन पानी बेच्ने दुगड समूहमाथि कारबाही गर्न विभागको आलटाल

70

खाद्य विभागले भेटेन सञ्जय दुगडलाई

रोशन कार्की
काठमाडौं । खुल्ला आँखाले देखिनेगरी सिल प्याक मिनरल वाटरको बोटलभित्र भेटिएको किरासहित सरकारी निकायमा हदैसम्मको कारबाहीका लागि उपभोक्ताले दुगड ग्रुपविरुद्ध उजुरी गर्दा पनि अहिलेसम्म सरकारले कुनै कारबाही गर्न सकेको छैन । अत्यधिक महँगोमा पानी बेच्दै आएको दुगड ग्रुपद्वारा उत्पादन ‘आक्वा हन्ड्रेड’ ब्राण्डको मिनरलवाटर नामक पानीमा भेटिएको किराको सम्बन्धमा सो कम्पनीका प्रमुखलाई झिकाई बयान लिन सरकारी वकिलको कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहललाई निर्देशन दिएको महिनौं दिन बितिसक्दा समेत अहिलेसम्म विभागले सञ्जय दुगडलाई भेटाउनसमेत सकेको छैन । सो कम्पनीअन्तर्गत रहेको आक्वा मिनरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपका मुख्य व्यक्ति सञ्जय दुगडसँग सो अखाद्य वस्तु भेटिएको सम्बन्धमा बयान लिएर कारबाही अगाडि बढाउने निर्देशन दिएको फाइल विभागमै फिर्ता पठाएपछि विभागले कुनै कारबाही प्रक्रिया अगाडि बढाएको छैन । विभाग स्रोतका अनुसार सो मुद्दालाई विभागकै उच्च पदस्थकर्मचारीबाटै ‘पेण्डिङ’ मा राखेको समेत सूचना प्राप्त भएको छ । अर्कोतर्फ उजुरीकर्तालाई सोबारे के–कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्ने बारेसमेत कुनै बोधार्थसमेत विभागले दिन मानेको समाचार आर्थिक दैनिकले छापेको छ ।
सो विभागले पटक–पटक उपस्थित भएर सत्यतथ्य के हो ? सोबारे लिखित रुपमा कम्पनीको मुख्य व्यक्ति सञ्जय दुगडलाई पत्रलेखि पठाए पनि मौखिक जानकारी विभागले उजुरीकर्तालाई बताएको भए पनि लिखित रुपमा भने सो कारबाहीको पत्रको बोधार्थ उपलब्ध नगाराउनु नै सो मुद्दामा मोटो रकमको चलखेल भएको आरोप लागेको छ । सरकारी निकायबाट औपचारिक रुपमा काटिएको पत्रको बेवास्ता गर्दै लामो समयसम्म बसेका सञ्जयमाथि कुनै कारबाहीको प्रक्रियासमेत विभागले गरेको छैन ।
यसरी अवैधरुपमा खानेपानीको बन्द बोटलभित्र किरासहितको पानी बजारमा बिक्री गर्न पठाएको पानीको बोटलसहित सो कम्पनीविरुद्ध उजुरी परेपछि विभागले कारबाही अगाडि बढाउन आनकानी गर्दै आएको आरोपसमेत विभागकै एक कर्मचारीले नाम गोप्य राख्ने सर्तमा लगाएका छन् । बजरमा गुणस्तरहीन पानीको बिक्री गर्दै आएको सो कम्पनीले नक्कली ल्यापटेस्ट गरी गुणस्तरीय भएको भन्दै बिक्री गरेको प्रमाणपत्र समेत फेला परेको छ । सो कम्पनीबाट उत्पादन भएकोे आक्वा हन्ड्रेड नामको पानीमा खुला आँखाले देखिने किरा सिलप्याक बोटलभित्र भेटिएपछि सो कम्पनीमाथि कारबाही गर्न परेको उजुरीपछि सञ्जय दुगड भने अझै सम्पर्क बाहिर रहेको छ ।
यसै क्रममा पछिल्लो पटक सो कम्पनीको सबै अख्तियारी आफूसँग भएको भन्दै कम्पनीका प्रमुख प्रशासकीय अधिकृत रवीनकुमार श्रेष्ठ विभागमा उपस्थित भएपछि सो मुद्दालाई निष्क्रिय बनाउँदै लगेको अरोप विभागमाथि लागेको छ । सो आरोपका बारेमा विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको फोनमा पटक–पटक सम्पर्क गर्दा सो सम्पर्कमा आउन चाहेनन् । अख्तियारी प्राप्त भन्दै बयानका लागि पुगेका अधिकृत श्रेष्ठले विभागमा दिएको बयानपछि एकाएक सो गुणस्तरहीन पानीको मुद्दा फितलो बनाउँदै कर्मचारीले लगेको आरोप उपभोक्तावादीहरुको रहेको छ । सो सम्बन्धमा श्रेष्ठसँग सम्पर्क गर्दा उनले सो पानीको बोटलमा कोही कसैले कम्पनीको बदनाम गर्ने उद्देश्यले किरा राखिदिएको दाबी गरे पनि प्रमाण भने उपलब्ध गराउन श्रेष्ठले अहिलेसम्म सकेका छैनन् ।
सो ग्रुपले उत्पादन गरेको पानीलाई खुद्रा पसलमा खरिद गर्दा सिलप्याक बोटलभित्र आखाद्य वस्तु (किरा) भेटिएको थियो । खुद्रा पसलमा खरिद गरेको सो पानीलाई विभागकै उपमहानिर्देशक डा. मतिना जोशी (वैद्य) लाई उजुरीसहित सो किरासहितको पानी जिम्मा लगाएको थियो । उजुरीपछि तत्कालै भएको ल्यापटेस्टबाट गुणस्तरहीन भएको प्रमाणितसमेत भएको विभागले पुष्टि गरे पनि कारबाही भने अहिलेसम्म हुन सकेको छैन ।
विभागमा उजुरी परेपछि सो कम्पनीबाट श्रेष्ठले सो ब्राण्डका पानी गुणस्तरीय भएको भन्दै निजी ल्यापमा लगी ल्यापटेस्ट गरेको नक्कली रिपोर्टसमेत बुझाएको प्रमाण प्राप्त भएको छ तर श्रेष्ठले सो रिपोट दिएपछि अक्वा हन्ड्रेडको बोटलभित्र भएको किरा (साङला) का बारेमा भने केही बोलेका छैनन् । यसरी विभागले गरेको ल्याप टेस्टबाट गुणस्तरहीन भएको प्रमाणित भए पनि अहिलेसम्म सो कम्पनीलाई कारबाही नगरी विना रोकावट अहिले पनि सिंहदरबारदेखि उच्च पदस्थ कर्मचारीको घर अफिसमा सोही पानी बिक्री हुँदै आएको छ ।
सो ग्रुपले जमिनमुनिको पानीलाई तानेर बोटलमा सिलबन्द गरी अत्यधिक महँगोमा बिक्री गर्दै आएको छ । सोही क्रममा ठूला घरानियाँ कम्पनीको नाममा नेपाली बजारमा बिक्री हँुदै आएको ‘आक्वा हन्ड्रेट’ नामको पानी गुणस्तरहीन र बन्द बोटलभित्र साङला भेटिए पनि सोबारे दुगड ग्रुपले कुनै चासो देखाएको छैन । एचसी दुगड ग्रुपद्वारा उत्पादन गरेको ‘के ०१८ व्याच’ नम्बर रहेको पानीमा खुला आँखाले देखिनेगरी किरा (साङला) भिटिएको हो । ‘१४–११–२०१८ मा १४ बजेर ४१ मिनेट’ मा प्याक गरिएको बोटलमा साङला भेटिएपछि दुवै विभागबाट कारबाहीका लागि अनुसन्धान जारी रहेको जनाउँदै आएको छ ।

Facebook Comments

LEAVE A REPLY