झापामा यत्रतत्र गाडी तोडफोड, जनजीवन प्रभावित

31

झापा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहिबार नेपाल बन्द आव्हान गरेको छ । बन्दका क्रममा झापासहित देशभरको जनजीवन प्रभावित भएको छ । झापाका शैक्षिक संस्था बिहानैदेखि ठप्प रहेका छन् भने राजमार्गहरुमा सवारी साधन पनि चल्न सकेका छैनन् ।

झापाको दमक चोक पश्चिममा एक जिपमा अज्ञात समूहले तोडफोड गरेका छन् । पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको को १ च ४७६० नम्बरको राईनो जिपमा बिहीबार बिहान ४ बजे तोडफोड गरेको दमक ५ का चालक सुरेन्द्र बस्नेतले बताए। इलाका प्रहरी कार्यालय दमक बाट करिब पाँचसय मिटर पश्चिम सगरमाथा पेट्रोल पम्प छेउमा भएको उक्त घटनामा गाडीको अगाडिको सिसा फुटेको छ ।

उता बुटवल – बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगरमा बम फेला परेको छ । बिहिबार विहान डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए । बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय गरेको प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डिलबहादुर मल्लले जानकारी दिए । मल्लले आतंक फैलाउन हाते बम राखेको पाइएको जानकारी दिए ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाएपछि देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । विप्लव नेतृत्वको नेकपाका गतिबिधिमाथि रोक लगाउने निर्णयसंगै ठाँउठाँउमा आतंकपनि फैलिएको छ ।

Facebook Comments

LEAVE A REPLY