पोखराका २ मुख्य चोकमा बम फेला

30

पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आव्हान गरेको बन्दका क्रममा पोखरामा दुई ठाउँमा बम भेटिएको छ । पोखराको सभागृह चोक र पोखराको भण्डारढीकमा बम फेला परेको हो । पोखराको सभागृह चोकको ट्रफिक बिटमा र भण्डारढीकाको रंगशाला नजिकै सकेट बम फेला परेको थियो । दुबै तर्फका सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

पोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि पुगेको प्रहरीले नेपाली सेनालाई बोलायो ।

चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्यो । र उक्त बस्तुलाई डिस्पोज गर्दा सकेट बम भएको खुल्न आएको छ ।

नेपाली सेनाले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरेको थियो । बम कसले राख्यो भन्ने खुलेको छैन । तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बम भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।

Facebook Comments

LEAVE A REPLY