ओली सरकारका मन्त्री फेरिने पक्का

40

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ ।मंगलबार बिहान वालुवाटारमा भएको भेटमा आफूहरुबीच मन्त्रिपरिषद् पुनर्गठनका विषययमा कुरा भएको प्रचण्डले सुनाए ।विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको विषय प्रधानमन्त्रीको मुल्याङकनमा भर पर्ने बताए ।

साँचो कुरा के हो भने आज बिहान मात्रै प्रधानमन्त्री ज्यू र मेरो मन्त्रिपरिषद् पुनर्गठनका विषयमा कुरा भएको छ, म भर्खरै त्यताबाट यता आएको हुँ, केही परिवर्तन गर्नु पर्छ कि भन्ने कुरा भयो तर अहिले नै हतारो छैन गर्नैपरे दुवै अध्यक्षको सल्लाह अनुसार नै गरौँला भन्नुभएको छ,’ प्रचण्डले भने ।तर मैले मन्त्रिपरिषद् फेरबदलको कुरा तपाईँ नै मिलाउनुस् भनेको छु यो विषय प्रधानमन्त्रीको हिसाबको विषय हो, उहाँले मन्त्रीहरुको कामकाजलाई कसरी मुल्याङकन गर्नुभएको छ, त्यसमा भर पर्छ’, प्रचण्डले अगाडि भने ।

Facebook Comments

LEAVE A REPLY