नेता र व्यवसायीको सम्पत्ति बढ्छ तर, देशले पाउनु पर्ने कर किन घट्छ ?

40

रोशन कार्की

नेपालका २२ मन्त्री र ३ राज्यमन्त्रीसहितको नेतृत्व गरिरहेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले । ओली दोस्रो पटक यो देशको प्रधानमन्त्री भए । प्रधानमन्त्रीको कुर्सीमा बसेतगत्तै बोले अब देशमा भ्रष्ट्राचार, अनियमितता र तस्करी कुनै पनि कार्य हुँदैन, यदि कसैले गरेमा मुख हेरिँदैन ठाउँको ठाउँ कारबाही हुन्छ । यो सुन्दा देशमा भ्रष्ट्राचार हँुदै नियमअनुसार काम हुन्छ । तर त्यो भएन भष्ट्राचार र अनियमितताका साथै तस्करी कार्यले झन तीव्रता लियो । तर ओली सरकारले कारबाही त ग¥यो सानो रकममा अनियमितता गर्नेमाथि पाता कसेर थुनामा हालेर मुद्दा लगाएका कारबाही भयो तर उक लाखभन्दा माथिको भष्ट्राचार गर्नेमाथि सरकारको कुनै चासो गएन कारबाही अहिलेसम्म भएको छैन । तत्कालीन सुशील कोइराला प्रधानमन्त्री भएपछि पेसगरेको सम्पत्ति विवरणमा सबैभन्दा गरिबको सूचीमा नाम थियो । मन्त्री तथा नेताहरुको अथाहा सम्पत्ति कहाँबाट आयो, कहाँ काम गरेर करोडौं मूल्य पर्ने आलिसान महल बनाउन सके, उनीहरुको नाममा भएका कुन मन्त्री र नेताहरुले सम्पत्ति कर सरकारलाई बुझाए ? अहिलेसम्म त्यसको लेखाजोखा सरकारी कार्यालयले किन गर्न सकेको छैन ।
किन सानासानालाई घाँटी च्यापेर कर असुली गर्छ ? किन ठूलाठूलालाई कर तिर्न बाध्य किन पारिँदैन ? अहिले चोकचोकका चिया पसलदेखि रेष्टुरेन्टसम्ममा यस प्रश्नको जवाफ खोजिएको छ । केही महिना अघिमात्र एक गैरसरकारी संस्था जहाँ पत्रकारले नेतृत्व गरेको संस्थाले विदेशमा रकम लगेर राख्ने विदेशमा लगानी गर्नेहरुको लामो सूची सार्वजनिक गरेको थियो । तर सो सूचीलाई अधिकांशले अविश्वासको पोकोका रुपमा लिए किनकि खुला रुपमा सरकारलाई चुनौती दिई गैरकानुनी तबरबाट नेपालबाट विदेश रकम लगेर कम्पनी स्थापना गरी यति अर्बको लगानी गरे भनेर कुर्लने केही व्यवसायीहरुको नाम सो सूचीमा थिएन । यसरी हेर्ने हो भने आफूलाई नेपाली हुँ भन्ने अनि नेपालबाट विदेशमा विद्यमान कानुनविपरीत पैसा लगेर लगानी गर्ने गराउनेको अहिले सम्पत्ति बढेको भनेर केही सञ्चार माध्यमहरुले बढो प्राथमितताका साथ लेखे किनकि सो समाचार लेख्नकै लागि केही भेटीदान गरेका थिए । कुनै व्यक्तिको सम्पत्ति बढ्नु र घट्नुमा मेरो केही चासो छैन तर आफूलाई यो देशको जिम्मेवार व्यक्ति हुँ देशलाई यसो गरे र उसो गरे भनेर हुँकार गर्नेले देशमा कति राजस्व बुझाएका छन्, कति आयकर, सम्पत्ति कर कति बुझाएका छन् त्यसको लेखाजोखा सरकारले किन गर्दैन र सार्वजनिक गर्न किन डराएको छ ।
विद्यमान ऐन कानुनअनुसार सबैलाई उही नजरबाट हेरिनुपर्छ । किन साना उद्योगीलाई ठाउँका ठाउँ कारबाही गर्छ सरकार अनि वर्षैंसम्म कर नबुझायने नक्कली विवरण देखाई सरकारी सहुलियय लिनेमाथि किन कारबाही गर्न सक्दैन ? यहाँ लेख्न खोजिएको हो विश्वको धनीको सूचीमा नाम लेखाउन सफल व्यक्तिको र अन्य केही व्यवसायीहरुको हो । उनीहरुको प्रत्येक वर्ष सम्पत्ति वृद्धि हुन्छ तर किन देशलाई बुझाउनुपर्ने करमा कमी आउँछ ? अहिले यो प्रश्न प्रधानमन्त्री ओलीको सरकारलाई पेचिलो भएको छ ।
चुनाव आउँदा नेताहरुले व्यापारीसँग चन्दा माग्छन् । यसरी चन्दा दिनेमा उच्च घरानीय व्यवसायीहरुको सूची पहिलो चरणमै आउने गरेको छ । एकमुष्ठ १०÷१५ करोड सहयोग गरेका छन् । हामीले धेरैको मुखबाट सुन्ने गर्छौं हाम्रो देश पो गरिब त यहाँका मान्छे त जति पनि धनी अन्य देशमा छैनन् नि ! साँच्चै नै, हाम्रो देशका अधिकांश नागरिकहरु धनी छन, जसले गर्दा विश्वमै चर्चित छन् । आफूलाई खाटी देशवादी भन्न रुचाउने शेष घले गैरआवसीय नेपाली संघका वर्तमान अध्यक्ष हुन् उनी अष्ट्रेलियामा बस्दै आएका छन् । आफ्नो घर लमजुङ जिल्ला भन्न रुचाउने पेसाले सिभिल इञ्जिनियरिङ हुन् । अहिले उनी अष्ट्रेलियाका २ सय धनीमध्ये ९९ मा नम्बरमा रहेका छन् ।
यसैगरी उपेन्द्र महतो पनि रसियामा बसोबास गर्ने गैरआवसीय नेपालका पूर्वअध्यक्ष हुन् । देवघाटमा वृद्धाश्रम बनाउनेदेखि आफू जन्मेको जिल्ला सिराहा अस्पताल बनाउने, स्वामी रामदेवलाई नेपालमा हुण्डीमार्फत लगानी गर्न लगाउने व्यवसायी हुन तर उनी पनि धनीकै सूचीमा नाम रहेको छ । यहाँ उनीहरुले देशमा कति आयकर र व्यवसाय गरेपछि कति कर सरकारलाई बुझाउँछन् भन्ने रेकर्ड सरकारले देखाउन चाहँदैन । तर यहाँ आफूलाई सच्चा देशभक्त भन्न रुचाउने तर भारतको राजस्थानबाट नेपाल छिरेका विनोद चौधरी विश्वको भनीको सूचीमा नाम रहेको छ । उनले प्रत्येक भाषण र भेटघाटमा भन्ने गरेका छन् आफ्नो यति रकमको लगानी देशमा छ, यति लगानी विदेशमा छ तर देशलाई बुझाउनुपर्ने कर भने नगन्य भएको पाइएको छ । उनले लेखेको आत्मकथाका अनुसार नेपालमा सबैभन्दा बढी आयकर बुझाउने र सबैभन्दा बढी कर बुझाउने विनोद चौधरी र उनी अध्यक्ष भएको चौधरी ग्रुप कम्पनी पर्नुपर्ने हो तर सो अनुसार कर राज्यलाई चौधरीले बुझाएका छैनन् । देशको कर तथ्याङक हेर्ने हो भने एक सयभन्दा तल परेका छन् कर बुझाउमा ।
उनको ८० भन्दा बढी कम्पनीहरु रहेका छन् । चौधरी फोब्र्स म्यागजिनले निकाल्ने अर्बपतिहरुको सूचिमा लगातार परेका व्यवसायी हुन् । नेपालका उद्योगी विनोद चौधरी भनेर भनी रहँदा उनले देशलाई बुझाउनुपर्ने आयकर राजस्व भने बुझाउँदैनन् बुझाए पनि निकै कम बुझाउने गरेका छन् । उनले सो विश्वको धनीको सूचीमा पर्ने रकम कहाँबाट कति कमाए ? तोकिएको भन्दाबढी रकम आर्जन गरेपछि आयकर बुझाउनुपर्नेमा उनले सरकारी रेकर्डमा सधैँ ‘घाटा’ हुँदै आएको कम्पनीको अध्यक्ष भएको विवरण पेस गरेको पाइन्छ । अनी रातारात कसरी विश्वको धनीमा परे भन्ने बारे देशको नेतृत्व हाँकेको ओली सरकारले कहिले यसबारे विचार पु¥याएको छैन ।
हालैमात्र विनोद चौधरीको सम्पत्तिमा वृद्धिभएको भन्दै बढो प्राथमितताका साथ टाइकुन पत्रिकामा समाचार लेखिएका छन् । तर उनले देशलाई कति कर बुझाउँछन् भन्नेबारे भने कुनै कुरा उल्लेख छैन । के विश्वको धनीको सूचीमा नाम लेखाएपछि जति सम्पत्ती भएपनि कर नलाग्ने हो ? गत वर्षको तुलनामा चौधरीको सम्पत्ति २० करोड डलरले बढेको देखिन्छ। सम्पत्ति बढेसँगै उनी पोहोरभन्दा सूचीमा माथिल्लो स्थानमा उक्लिएका छन । सन् २०१८ मा फोर्सको सूचीमा १५ सय ६३ औं सूचीमा रहेका चौधरी एक वर्षमै १३ सय ४९ स्थानमा पुगे ।
चौधरीको सिजी फुड्सअन्तर्गतको वाइवाइ चाउचाउ भारत, सर्बिया, साउदी अरेबिया तथा बंगलादेशबाट उत्पादन गरिरहेको भनी पनि फोब्र्सले लेखेको छ तर सो स्थानमा लगानी गर्ने रकम कहाँबाट आयो भन्ने बारे न स्वदेशी मिडिया बोलेको छ न विदेशी मिडियामा सो बारे प्रश्न गरिएको छ । सिधा रुपमा हेर्ने हो भने पनि चौधरीले सो रकम नेपालमा स्थापना गरेको कम्पनीबाट कमाएको रकम अवैधरुपमा विदेश लगेर लगानी गरेको प्रस्ट छ । उनले विश्वका विभिन्न स्थानमा २९ वटा होटल तथा ७० वटा होटलमा कहाँबाट ल्याए लगानी गर्ने रकम ?
भारतको राजस्थानका मारबाडीहरुमध्ये मंगल साहुको पसलमा काम गर्ने भुरामल चौधरी करिब १ सय २५ वर्ष पहिले नेपाल अवैधरुपमा छिरेको परिवार हो । काठमाडौंको मखनटोलमा मंगल साहुको कपडा पसलमा काम गरेका भूरामलले पछि डुलुवा व्यापारीको काम गर्न थालेको सो परिवार अहिले विश्वको धनीको सूचीमा पर्ने मुख्य कारण के हो ? पुर्खौली सम्पत्ति यदि हो भने भूरामल किन धनी भएनन ? एकाएक भुरामलको तेश्रो पुस्ता विनोद चौधरी अहिले विश्वको धनी हुने सम्पत्ति कहाँबाट आयो ? यो गम्भीर प्रश्न रहेको छ । यदी धनी हुने हो भने चौधरी गु्रपका वसन्त चौधरी र अरुण चौधरी किन विश्वको धनी हुन सकेनन् ? नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, सिंगापुर, अमेरिका, दुबईलगायतका देशमा आफ्नै उद्योग र व्यवसाय रहेको हुँकार गर्नेले नेपालमा रहेको कम्पनीले आर्जन गरेको कमाइबाट कति कर बुझाएका छन् ? सो समेत पारदर्शी गर्न नसक्ने चौधरीलाई सरकारले किन कर असुली गर्न सक्दैन ? प्रश्न गम्भीर बनेर सरकारतर्फ नै तेर्सिएको छ ।
बाजेको कपडा व्यापार विस्तार भएर नातिको पालामा आइपुग्दा उनले नेतृत्व गरेको कम्पनी सवै वस्तुको सामाग्री बेच्ने भयो तर अन्य व्यवसायीले प्रत्येक महिनाको २५ गतेभित्र सबै कर चुक्ता गर्नुपर्ने तर चौधरी ग्रुपले भने नपर्ने कानुन छ र देशमा ? चौधरी ग्रुपको व्यवसायलाई देखाउँदै विश्वको धनीको सूचीमा परेका विनोद चौधरीले भने देशलाई बुझाउनुपर्ने कर र राजस्व समेत छली गर्दै आएको प्रमाणित १० वर्षअधि भएको नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बील प्रकरणबाटै पुष्टि भइसकेको छ । भन्दा सबैलाई अचम्म लाग्ने गरेको छ ।
चौधरीले आफ्नो आत्मवृत्तान्त पुस्तकमा समेत आफ्नो संर्घषका कथा लेखेका छन् सो बाटै के प्रस्ट हुन्छ भारतीय नागरिक नेपाल छिरेर नेपाली नागरिकता समेत लिई व्यापार व्यवसाय गरेको उल्लेख गरेका छन् । उनले अहिले पनि २ देशको नागरिकता र राहादानी लिएको अरोप लागिरहेको छ । डुलुवा व्यापारीको काम छाडेर भुरामलले जुद्धसडक (हालको विशालबजार नजिक) मा कपडा पसल खोलेका थिए । बाबु लुनकरण दासले डिपार्टमेन्टल स्टोर र विराटनगरसम्म व्यापार विस्तार गरे । त्यसलाई विनोद चौधरीले विस्तार गरेर विदेशसम्म पु¥याए तर देशलाई बुझाउने कर नबुझाई रकम समेत अहिले विदेश लैजादै आए र विश्वको धनीका रुपमा प्रचारबाजी गर्दै चौधरी आएका छन् । यसरी धनी व्यक्तिले सरकारलाई बुझाउनुपर्ने आयकर कहाँ बुझाउँदै आएका छन् चौधरीले यो प्रश्नको पनि उत्तर अहिलेसम्म कतैबाट आउन सकेको छैन ।
तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी (हालै उहाँको निधन भएको छ) लाई आफ्नो बसमा पारी छाया अर्थमन्त्री भएर अवैधरुपमा देशमा बुझाउनुपर्ने कर र राजस्वसमेत गुटमुटाएर विदेश लगी जम्मा गर्ने राम्रो मौका पाए । सोही समयपछि उनी विश्वको धनीको सूचीमा परे । तर देशलाई न कर बुझाए न राजस्व । उनले अर्थमन्त्रालय, गृह, उद्योग बाणिज्य मन्त्रालयका बहालवाला सचिब सहसचिबलाई चौधरी समुहको विशेष सल्लाहाकार भन्दै गोप्यरुपमा नियुक्तिनै गरेर राख्ने गरेको आरोप लागेको छ ।
आर्थिक वर्ष सकिनै लाग्दै उनै कर्मचारीबाट नक्कली कर चुक्ता गरेको सरकारी लेटरप्याडमा विवरण उपलब्ध गराउने र सोही विवरण कर कार्यालयमा दर्ता गराई अर्बांै रुपैयाँ कर छली समेत गर्न सफल हुँदै आयो चौधरी समूह भन्नेहरुको जमात पनि ठूलै छ । चौधरीलाई उद्यमी व्यापारी आफ्नो व्यवसाय सुरक्षित गर्न कसरी राजनीतिक शक्तिसँग सम्बन्ध बनाउनपर्छ भन्ने बारे समेत उनले आफ्नो पुस्तकमा लेखेका छन् । चौधरीले भनेका छन्, ‘उद्यमी ब्यापारीले व्यवसाय अघि बढाउन सत्ता र शक्तिमा जो आए पनि सहकार्य गर्नुपर्छ ।’ भनाइको अर्थ हो, आफ्नो अवैध कारोबारलाई निरन्तरता दिन व्यवसायीले कुनै शक्तिसँग सम्झौता गर्न पछि पर्न हुँदैन ।
चौधरी ग्रुपले नेपालमा नक्कली भ्याट विलबाट कारोबार देखाई राजस्व छली गरेर भारतको टाटा इन्टरप्राइजेजको ताज होटलसँगको सहकार्यमा श्रीलंका र माल्दिभ्समा होटल सञ्चालन गरेको पाइएको छ । अमेरिकामा होटल र दुबईमा रियलस्टेट व्यवसाय गर्ने रकम कहाँबाट पाए । भारतका आसाम, सिक्किम, उत्तराखण्ड, रुद्रपुर, गुजरातलगायतका क्षेत्रमा बाइबाइ चाउचाउको कारखाना स्थापना गर्ने रकम कसले दियो ? तर देशमा भएको कारखाना उनले राजस्व कार्यालयमा बुझाएको कर विवरणमा भने प्रत्येक वर्ष घाटामा गएको देखाइएको छ । चौधरीले नवलपरासीमा गंगादेवी चौधरी उद्योग ग्रामको स्थापना गरे । नक्कली बिल बनाएर भ्याट छली गर्नेमा चौधरी ग्रुपअन्तर्गतका कम्पनीहरुको नाम सार्वजनिक भए पनि शक्ति र पैसाको आड्मा उनी उन्मुक्ति पाउँदै आए तर सरकारले आँट गर्न सकेको छैन ऐनअनुसार कर तत्काल चुक्ता गर्नु गराउन भन्न ।
हामी सञ्चारमाध्यमले उनको सो कर छलीका बारेमा बुझ्न खोजेको पनि हो तर उनले सो बारे बताउने आँट समेत गर्न सकेका छैनन् । न उनले फोनमा बोल्ने आँट नै गरेका छन् । नेपालको ठूलो व्यापारिक तथा औद्योगिक घरानाको उपादी पाएका चौधरी किन तिर्दैनन् कर भन्ने बारे आम पठकहरुमा जिज्ञासा जाग्नु स्वाभाविक नै हो । सार्वजनिक विषयमा कलम चलाउँदा उल्टो कानुनी छिद्रता प्रयोग गरेर धम्काउने काम हुँदै आएको छ । अन्तर्राष्ट्रिय क्षेत्रसम्म व्यवसाय विस्तार गर्न सफल भए भन्ने चौधरी गु्रपका अध्यक्ष किन सञ्चारकर्मीसँग भाग्दै हिँडेका छन् ? भन्ने पाठकहरुलाई लाग्नु स्वाभाविक हो । एकातर्फ सम्पत्ति बढ्दा देशमा बुझाउनुपर्ने कर किन घटेको छ भन्ने बारे सरकारले गहिरिएर सोच्नुपर्ने बेला आएको छ । जय होस् । साभार : जनमञ्च साप्ताहिक

Facebook Comments

LEAVE A REPLY