चेम्बरद्वारा हस्तकला महासंघका नयाँ कार्यसमितिलाई बधाई

51

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सद्वारा नेपाल हस्तकला महासंघका नव–निर्वा्चित कार्य समिति पदाधिकारी तथा सदस्यहरुलाई स्वागत कार्यक्रमको आयोजना गरिएको छ । चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन् । उनले नेपाल चेम्बर अफ कमर्स अन्तर्गत निर्यातमा केन्द्रित हुने गरि नेपाल एक्सपोर्ट चेम्बर गठन गर्ने योजना रहेको कुरा बताउनु भयो । यसबाट हस्तकलाका सामग्रीहरुको निर्यातमा टेवा पुग्ने गरि नेपाल चेम्बर अफ कमर्स नेपाल हस्तकला महासंघसंग सदैब सहकार्य गर्न तयार रहेको कुरा बताए । नेपाल हस्तकला महासंघका नव–निर्वा्चित अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला क्षेत्रलाई नेपाल चेम्बर अफ कमर्सबाट बिगतमा पनि संरक्षकत्व प्राप्त भएको बताए । उनले त्यस्तो खालको संरक्षकत्व र सहयोग आगामी दीनमा पनि जारी रहने बिश्वास व्यक्त गर्नुभयो । उहाँले चेम्बरसंगको सहकार्यमा दुवै संस्थालाई फाइदा हुने भएकोले आफुहरु नेपाल चेम्बर अफ कमर्ससंगको सम्बन्ध र आपसी सहकार्यलाई उच्च प्राथमिकतामा राखेको कुरा बताए ।

Facebook Comments

LEAVE A REPLY