प्रबन्ध सम्पादक अर्यालको निधन

42

चितवन, चितवन पोष्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको आज निधन भएको छ । अर्यालको भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा दिउँसो निधन भएको हो ।

विसं २०१९ साउन २७ गते साविक कोराक गाविसमा जन्मिनुभएका अर्याल चितवन पोष्ट दैनिकमा स्थापनाकालदेखि सक्रिय हुनुहुन्थ्यो । श्वासप्रश्वास समस्याबाट ग्रस्त उहाँ तीन दिनअघि भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । राप्ती नगरपालिकाको वीरेन्द्रनगरका स्थायी बासिन्दा अर्यालका श्रीमती र दुई छोरा छन् । चितवन पोष्ट दैनिकका सम्पादक उहाँका दाजु धर्मराज अर्यालको गत जेठ ३१ गते निधन भएको थियो । अर्याल नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सदस्य हुनुहुन्छ । 

Facebook Comments

LEAVE A REPLY