आर्मी र थ्री स्टार उपाधिका लागि भिड्ने

33

कास्की, पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन् ।

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा आज भएको सेमिफाइनल खेलमा क्यामरुनको डफिन्स एफसीलाई १–० गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । खेलको १३औँ मिनेटमा दीपक गुरुङको पासलाई सदुपयोग गरी टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरेका थिए । गुरुङले ‘म्यान अफ दी म्याच’ घोषित भइ ट्रफीसहित रु पाँच हजार प्राप्त गरे । यसअघि थ्री स्टार सशस्त्र प्रहरीको एपिएफलाई पराजित गरी फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ । 

मन्त्री अधिकारीको स्मरण 

आजको खेल शुभारम्भ हुुनुअघि बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको स्मरणमा रङ्गशालामा उपस्थित खेलाडी, दर्शक तथा अतिथिले एक मिनेट मौन धारण गर्नुभएको थियो । जारी प्रतियोगिताको फागुन ९ गते स्व अधिकारीले उद्घाटन गर्नुभएको थियो । 
––– 

Facebook Comments

LEAVE A REPLY