खेलकुदमा राजनीति नगर्न कराते कर्मीको आग्रह

43

काठमाडौं । नेपाल कराते महासंघको वर्तमान कार्यसमिति बिघटन गरेर खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न खोजेको भन्दै कराते खेलाडिहरुले विरोध जनाएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको परिषरमा गत सोमबारदेखि खेलकर्मी, विभिन्न राष्ट्रिय संघका पदाधिकारी एवं प्रशिक्षकहरुले भेला भएर महासंघ विघटनको लागि राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयमा आफू नजिकका व्यक्ति ल्याउन षडयन्त्र भइरहेको भन्दै विरोध जनाएका हुन् ।
करातेमा विभिन्न विवाद उत्पन्न भएयता कराते खेलमा देखिएको विवाद समाधान गर्न युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको राष्ट्रिय संघ विवाद समाधान समितिमा आधिकारिक संघ नेपाल कराते महासंघका आधिकारीक अध्यक्ष एवं पदाधिकारीसँग छलफल नै नगरी अन्य व्यक्तिहरुसँग एकपक्षीय ढंगबाट समाधान खोज्ने प्रयास शुरु गरेपछि वर्तमान कराते महासंघसँग आवद्ध संघका खेलाडि तथा पदाधिकारीहरु असन्तुष्ट बनेका हुन् ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना राष्ट्रिय संघ विवाद समाधान समितिका संयोजक समेत हुन् । तर राखेपमा मान्यता प्राप्त नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गसँग कुनै छलफल वा समाधानको पहल नगरी आफ्नो पार्टी निकटका मानिने कराते कर्मीलाई अन्तर्राष्ट्रिय मान्यता छ भनेर गरिएको एकोहोरो छलफल र वर्तमान कार्यसमिति विघटनको गोप्य तयारीको विरुद्ध खेलाडि तथा प्रशिक्षकहरु विरोधमा उत्रिएको स्रोतले बताएको छ । राखेपका उपाध्यक्ष एवं सदस्य सचिव दुवै नेकपा निकटका हुन् भने महासंघ अध्यक्ष दावा गुरुङ्ग कांग्रेस निकटका व्यक्ति हुन् । तर कराते महासंघका अन्य पदाधिकारीहरु उपाध्यक्ष, महासचिव, सचिव नेकपाका निकट व्यक्तिहरु रहेका छन् ।

विरोध कार्यक्रममा करातेकर्मीहरुले सिमित व्यक्तिको स्वार्थका निम्ति मुलुकको साख र इज्जत जोगाउने कराते खेललाई धरासायी बनाउन पदिय दुरुपयोग गरी हस्तक्षेपकारी भुमिका निर्वाह गरेको आरोप समेत लगाएका छन् । केही व्यक्तिका व्यत्तिगत स्वार्थका लागि नेपाल कराते महासंघलाई तहस नहस बनाउने गरी भइरहेको व्यक्तिगत योजनालाई पूरा हुन नदिने खेलकर्मीहरुले चेतावनी दिएका छन् ।

सोही भेलालाई सम्बोधन गर्दै नेपाल करोत महासंघ तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले आफु मुलुकको सान, मान र इज्जत बचाउने कराते खेल र सम्पूर्ण कराते कर्मी, खेलाडी, रेफ्री र प्रशिक्षकहरूका हितका लागि कुनै कुराको कसर समेत नराख्ने समेत बताए । ‘मेरो नेतृत्वको नेपाल कराते महासंघलाई राष्ट्रिय खेलकुद परिषदले प्रमाणपत्र दिएर मान्यता दिएको छ‘ त्यसैले व्यक्तिगत स्वार्थका लागि कसैले पनि महासंघलाई बदनाम गर्नु हुँदैन ।’ अध्यक्ष गुरुङ्गले भने । उनले आफू र आफ्नो टिम ऐन कानूनको पक्षमा रहेको भन्दै आवश्यक प¥यो भने यस्तो षडयन्त्रको प्रतिकार गर्न समेत तयार रहेको चेतावनी दिए ।


यस्तै नेपाल कराते महासंघका उपाध््यक्ष देवकुमार लामाले कराते खेललाई विगार्न र तहस नहस गर्ने व्यक्तिहरुलाई कदापि नछाडिने बता ।

यसैगरी उक्त भेलालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले राष्ट्रिय खेलकुद परिषदको नेतृत्वमा पुगे भन्दैमा कसैले पनि आफ्नो धरातल भुल्न नहुने बताए । उनले राखेपका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले दावा गुरुङ नेतृत्वको नेपाल कराते महासंघलाई विघटन गरेर आफु निकटका व्यक्तिलाई अध्यक्ष बनाउन लागेको थाहा पाएका छौं, त्यो कदापि हुन दिँदैनौं ।’ महर्जनले भने ‘दावा गुरुङले अधिवेशन गर्न पाउनुपर्छ । कसैलाई अध्यक्षको इच्छा लागेको छ मैदान खाली छ, आएर प्रतिस्पर्धा गरेर अध्यक्ष बन्न चुनौती दिन्छु ।’ राष्ट्रिय खेलकुद परिषदमा रहेका केही खराब व्यक्तिहरूका कारण कराते खेलको विकासमा अवरोध भएको महर्जनको भनाइ थियो । उनले ‘पुरेन्द्र लाखे जस्तो ९ वर्षसम्म जापानमा लुकेर बसेर नेपाल आई कराते खेलको बदनाम गरेका छन्, यस्ता धुन्दुकारीहरूलाई करातेका खेलाडीहरूले नजिकबाट चिनेका छन् ।’
कार्यक्रममा नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक शोभितराज प्रसाइँ, महासंघका महासचिव हरिशरण के.सी, अन्तर्राष्ट्रिय निर्णायक प्रकाश मोहन धौवडेल, वरिष्ठ कराते प्रशिक्षक आनन्दु लामा, नेपाल कराते महासंघका सचिव नारायण मगर, सदस्य राजेश अधिकारी, कराते प्रशिक्षक महेश नेवा, स्वयं सेवक प्रशिक्षक ज्ञानबहादुर जिम्बा लगायतका खेलाडी, प्रशिक्षक, रेफ्रीहरूले कराते खेलको संरक्षणका लागि आफूहरू सक्रिय रहने बताए । उनीहरूले कसैले कराते खेललाई ध्वस्त बनाउन खोज्यो भने चुप लागेर नबस्ने चेतावनी दिए । राखेप र खेलकुद मन्त्रालयबाट यस्तो षडयन्त्रकारी कार्य नरोकिए विरोधका कार्यक्रमहरु सातवटै प्रदेश र सवै जिल्लाहरुमा सशक्त रुपमा गर्दै जाने खेलकर्मीहरुले चेतावनी दिएका थिए ।

Facebook Comments

LEAVE A REPLY