राजधानीको वाफलमा सुबिधासम्पन्न ‘नमस्ते रोधी नाचघर’ संचालमा

75

काठमाडौं ।  राजधानीको वाफलमा सुबिधासम्पन्न रोधी नाचघर संचालमा आएको छ । युवा व्यावसायी राजकुमार त्रिपाठीले ‘नमस्ते रोधी नाचघर’ संचालमा ल्याएका हुन् ।

करिव ७० लाखको लगानीमा उक्त रोधिघर संचालमा ल्याइएको संचालक त्रिपाठीले जानकारी दिए । नेपाली लोक सस्कृतिको संरक्षण एम प्रबर्दन गर्ने उदेश्यले रोधी नाचघर संचालमा ल्याइएको समेत उनले बताए ।

हरेक साझ नेपालका ख्याति प्राप्त कलाकारहरुले प्रस्तुति दिने नमस्ते रोधी नाचघरमा साँगितिक मनोरंजनसंगै मिठामिठा भोजन समेत खान पाइन्छ ।

पारिवारिक वातावरण रहेको उक्त रोधीघरको प्रमुख विशेषता भनेकै अत्याधुनिक सुबिधा रहेको संचालक त्रिपाठीको दाबि रहेको छ । उक्त रोधीघरले प्रत्यक्ष्य रुपमा ३५ जना भन्दा बढीलाई रोजगारी दिएको छ ।

माघ २७ देखि संचालनमा आएको रोधी घरमा पारिबारिक बाताबरणमा मिष्ठान भोजन सहित काठे, कौडा, आधुनिक र लोकगितहरु सुन्न सकिने संचालक त्रिपाठीले जानकारी दिए ।

Facebook Comments

LEAVE A REPLY