पोखरामा घाँटी रेटेर आफ्नै साथीको हत्या, 10 घण्टा मै च्याप्पै समात्यो हत्या गर्नेलाई प्रहरीले (भिडियो)

21

 पोखराको लेकसाइडमा १४ बर्षीय एक बालकको हत्या गरेको आरोपमा  एक जना पक्राउ परेका छन्। उक्त घटनमा संलग्न वेनी काले भन्ने व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य श्रोतका अनुसार उनी उक्त घटनामा संलग्न हुने मुख्य व्यत्ति हुन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा अन्य  केहीलाई नियन्त्रमा लिएर सोधपुछ समेत गरिरहेको छ । मादक पदार्थ सेवन गरेर सामान्य विवाद पछि हत्या भएको बताइएको छ । पाल्पा स्थायी घर भइ लेकसाइडमा बस्दै आएका सचिन सिन्जालीको हल्लनचोकमा निमार्णधिन अबस्थामा रहेको एक भवन भित्र  मंगलबार उनको हत्या भएको हो । बालकका बाबु गोबिन्द सिन्जालीले लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । बाबु गोबिन्दले बालक प्राय उनकी आमासँग हल्लनचोकमा बस्ने गरेको र दिनको एक पटक आफ्नो पसलमा आउने गरेको बताए । 

Facebook Comments

LEAVE A REPLY