रिचार्जर एपले प्रणय दिवसमा आईफोन एक्स उपहार दिने योजना

72

काठमाडौं । मोबाइल एप रिचार्जरले आधादर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ । रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर यसका प्रयोगकर्तालाई गोला प्रथाबाट आईफोन एक्स प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार आइफोन एक्सको लक्की ड्रमा सहभागी हुनकालागि गुगल प्ले वा एप्पलको एप स्टोरबाट रिर्चाजरको एप डाउनलोड गरेर खाता खोल्नु पर्ने हुन्छ । त्यस पछि रिर्चाजरको फेसबुक पेज लाईक गर्नुपर्नेछ । यसका साथै कम्तिमा १५ जना साथीहरुलाई फेसबुकमा रिफरल ट्याग गर्नुपर्ने छ ।
१५ जनाभन्दा बढी साथीहरुलाई रिर्चाजरको एपरिफरल ट्याग गर्नेहरु मध्येबाट गोला प्रथा गरी एक जनालाई आईफोन एक्स वितरण गरिनेछ । यो योजना फेब्रुअरी १२ देखि १८ तारिखसम्म चल्नेछ । फेब्रुअरी १८ अर्थात फागुन ७ गते फेसबुक लाइफ मार्फत आइफोन एक्सको विजेता छनौट गरिने सिंहले जानकारी दिए ।
साथै रिर्चाजरले आफ्नो ईकमर्श सेवा विस्तार गर्नेक्रममा आधादर्जन बढी नयाँफिचर समेत थप गरेको जनाएको छ । अब रिर्चाजर एपमार्फत नै पानी, विजुली, इन्टरनेटको बिल पनि भुक्तान गर्न सकिनेछ । साथै इन्स्योरेन्सको किस्ता तथा होटल बुकिङको सेवा समेत थप गरिएको छ । अधिकांस भुक्तानी सेवामा अतिरिक्त छुटको साथमा क्यास ब्याक समेत उपलब्ध गराइने छ ।
‘एप एक सुविधा अनेक’ भन्ने नारालाई केन्द्रमा राखेको मल्टीफंसन अनलाइन सपिंग हब रिचार्जरमा जुनसुकै सेवा तथा उत्पादन सेवाग्राहीले तुरुन्तै पाउने छन् । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दा २० भन्दा बढी बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ ।

Facebook Comments

LEAVE A REPLY