चरित्र हत्या गरेको भन्दै एभिन्यूज व्यवस्थापनविरुद्ध महासंघमा उजुरी

68

चरित्र हत्या गरेको भन्दै एभिन्यूज व्यवस्थापनविरुद्ध महासंघमा उजुरी
श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको महासंघको ठहर
काठमाडौं– आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । 
टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकार  त्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । 
पीडित पत्रकारको उजुरीपछि महासंघका सचिव रामप्रसाद दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारले राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशिन गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको जनाएका छन् । 
महासंघले  सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारहरुको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गरेको छ ।  
अन्यथा महासंघले श्रमजीवीको पक्षमा कदम चाल्न बाध्य चेतावनी दिएको छ ।  

Facebook Comments

LEAVE A REPLY