अन्ततः नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए राजीनामा !

18

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को विषयमा अन्योल बढीरहेका बेला अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन् । पार्टीका नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि अध्यक्ष महरले आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिने तयारी गरेका छन् ।

नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गर्न खोजेको श्रोतको भनाइ छ । श्रोतका अनुसार अध्यक्ष महर राजीनामाका लागि केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरिरहेका छन् ।उनले आफू पदबाट राजीनामा दिने मनस्थितिमा रहेको र संगठन र पार्टीभित्र छलफल गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘‘मनस्थिति बनाएको छु । महाधिवेशन गर्ने वातावरण भएन । स्ववियु पनि छ भन्ने । फेरि हाम्रो समय पनि सकियो ।

Facebook Comments

LEAVE A REPLY