कोरियन कम्पनीको घर हिटिङ सामान नेपालमा बिक्री सुरु

67

काठमाडौं । कोरियामा लोकप्रिय हिटिङ प्रविधि नेपालमा भित्रिएसँगै चिसोबाट जोगिन अव धेरै तनाव लिन नपर्ने भएको छ । कोरियामा यो आधुनिक प्रविधिलाई एसएलजी होल्डिङग्सले नेपालमा भित्राएको हो । यो प्रविधि अन्तर्गत घर निर्माण गर्ने समयमा ३५ हजार रुपैयाँ मात्रै खर्च गर्दा जीवनभरलाई घर तातो बनाउन सकिने यसका निर्यातकर्ताहरुको दाबी रहेको छ । विजुलीको प्रयोग गरी घर निर्माण गर्दा कोरियन प्रविधि मार्फत एक प्रकारको पाइप विछाइने गरिन्छ । यो पाइप लाइन विछाइसकेपछि त्यसको माथी टाइल वा मार्वल वा ढलान गर्न सकिने बताएको छ । साथै कार्पेटमा पनि यसको प्रयोग गरेरे हिटिङ सिस्टम बनाउन सकिने यसका निर्यातकर्ता जुपिटर कियोनले जानकारी दिएका छन् ।
पाइपको भित्री भागमा रहेको कार्वोन इलेक्ट्रिसिटी मार्फत तात्ने भएका कारण पनि आगलागी हुने वा कुनै प्रकारको करेन्ट सट हुने संभावना नभएको दाबी सो कम्पनीका विज्ञहरुको रहेको छ । साथै पानीमा परेर सट हुने संभावना पनि नभएको बताइएको छ । यसका निर्यातकर्ताले शुरुवातमा यसलाई फिट गरिदिइसकेपछि तीस बर्ष सम्म वारेन्टी हुने भएकाले थप खर्च गर्नु पर्दैन । यसले उर्जा पनि खासै खर्च नहुने पनि बताइएको छ । नेपालमा घर भित्रको तापक्रमलाई कम गर्नेलाई विगत ३ वर्ष देखि कोरियाली कम्पनी हीटिंग रिल आधुनिक प्रविधीका साथ काम गर्दे आएको छ । ऊर्जाको खपत कम गर्ने कम्पनीले जनाएको छ। यसले वातावरण संरक्षणमा पनि टेवा पुग्ने र बढ्दो ऊर्जाको मागलाई केही हदसम्म कम गर्न सकिने कम्पनीले जनाएको छ ।
यसको सतहको एक वर्ग वर्गको न्यानो फ्लोरद्वारा दिइने ८० वटा फाबरको केबुल रहेको हुन्छ ९ केवाट र १० एम केवी रहेने कम्पनीका सुरेन्द्र फुयालले बताएका छन् । घरको भित्रको तापक्रमलागि पर्याप्त हुने बताएका छन् । यो प्रविधि अहिले काठमाडौँ मात्र रहेपनि केही समय भित्र देशका विभिन्न क्षेत्रमा यसको सेवा विस्तार गरिने फुयालले बताएका छन् । यो हीटिंग रिल प्रविधि ३२० रुपौयाँ प्रति फिटइक्युर पर्ने जनाएका छन् ।
हीटिंग रिल प्रविधी विगत दशक देखि कोरियामा काम गर्दे आएको कम्पनीका निर्देशक जुपिटर किवनले बताएका छन् । यो हीटिंग रिल घर होटल हस्पिटल स्कुल लगाएका ठाउँहरुमा उपयुक्त हुने किवनले बताएका छन् । यसले विद्युत पानीको अधिकतम खर्च नियन्त्रण गर्ने समेत कम्पनीले बताएको छ। यो हीटिंग रिल प्रविधीले स्वास्थ्यमा समेत कुनै असर नगर्ने बताइएको छ । यो प्रविधी ३० वर्ष भन्दा लामो समय सम्म टिकाउ हुने बताइएको छ। यो नेपालका अत्यन्तै नयाँ प्रविधि हो । यसमा फाइबरको केबुल घरको कोठामा ढलान गर्ने अघि यसलाइ बिछ्याएको हुन्छ । माथिबाट सिमेन्टको ढल गर्ने सकिने बताएको छ । यसको प्रयोगबाट विद्युत उर्जालाइ कम गर्न सकिने छ। यो मौसम अनुकुल कोठाहरुको तापक्रम राख्ने गर्छ । काठमाडौंको बौद्ध तीनचुलीमा सो कम्पनीको कार्यालबाट अहिले बिक्री वितरण सुरु गरिएको जनाइएको छ ।

कोरियन कम्पनीको घर हिटिङ सामान नेपालमा बिक्री सुरु

काठमाडौं ।
कोरियामा लोकप्रिय हिटिङ प्रविधि नेपालमा भित्रिएसँगै चिसोबाट जोगिन अव धेरै तनाव लिन नपर्ने भएको छ । कोरियामा यो आधुनिक प्रविधिलाई एसएलजी होल्डिङग्सले नेपालमा भित्राएको हो । यो प्रविधि अन्तर्गत घर निर्माण गर्ने समयमा ३५ हजार रुपैयाँ मात्रै खर्च गर्दा जीवनभरलाई घर तातो बनाउन सकिने यसका निर्यातकर्ताहरुको दाबी रहेको छ । विजुलीको प्रयोग गरी घर निर्माण गर्दा कोरियन प्रविधि मार्फत एक प्रकारको पाइप विछाइने गरिन्छ । यो पाइप लाइन विछाइसकेपछि त्यसको माथी टाइल वा मार्वल वा ढलान गर्न सकिने बताएको छ । साथै कार्पेटमा पनि यसको प्रयोग गरेरे हिटिङ सिस्टम बनाउन सकिने यसका निर्यातकर्ता जुपिटर कियोनले जानकारी दिएका छन् ।
पाइपको भित्री भागमा रहेको कार्वोन इलेक्ट्रिसिटी मार्फत तात्ने भएका कारण पनि आगलागी हुने वा कुनै प्रकारको करेन्ट सट हुने संभावना नभएको दाबी सो कम्पनीका विज्ञहरुको रहेको छ । साथै पानीमा परेर सट हुने संभावना पनि नभएको बताइएको छ । यसका निर्यातकर्ताले शुरुवातमा यसलाई फिट गरिदिइसकेपछि तीस बर्ष सम्म वारेन्टी हुने भएकाले थप खर्च गर्नु पर्दैन । यसले उर्जा पनि खासै खर्च नहुने पनि बताइएको छ । नेपालमा घर भित्रको तापक्रमलाई कम गर्नेलाई विगत ३ वर्ष देखि कोरियाली कम्पनी हीटिंग रिल आधुनिक प्रविधीका साथ काम गर्दे आएको छ । ऊर्जाको खपत कम गर्ने कम्पनीले जनाएको छ। यसले वातावरण संरक्षणमा पनि टेवा पुग्ने र बढ्दो ऊर्जाको मागलाई केही हदसम्म कम गर्न सकिने कम्पनीले जनाएको छ ।
यसको सतहको एक वर्ग वर्गको न्यानो फ्लोरद्वारा दिइने ८० वटा फाबरको केबुल रहेको हुन्छ ९ केवाट र १० एम केवी रहेने कम्पनीका सुरेन्द्र फुयालले बताएका छन् । घरको भित्रको तापक्रमलागि पर्याप्त हुने बताएका छन् । यो प्रविधि अहिले काठमाडौँ मात्र रहेपनि केही समय भित्र देशका विभिन्न क्षेत्रमा यसको सेवा विस्तार गरिने फुयालले बताएका छन् । यो हीटिंग रिल प्रविधि ३२० रुपौयाँ प्रति फिटइक्युर पर्ने जनाएका छन् ।
हीटिंग रिल प्रविधी विगत दशक देखि कोरियामा काम गर्दे आएको कम्पनीका निर्देशक जुपिटर किवनले बताएका छन् । यो हीटिंग रिल घर होटल हस्पिटल स्कुल लगाएका ठाउँहरुमा उपयुक्त हुने किवनले बताएका छन् । यसले विद्युत पानीको अधिकतम खर्च नियन्त्रण गर्ने समेत कम्पनीले बताएको छ। यो हीटिंग रिल प्रविधीले स्वास्थ्यमा समेत कुनै असर नगर्ने बताइएको छ । यो प्रविधी ३० वर्ष भन्दा लामो समय सम्म टिकाउ हुने बताइएको छ। यो नेपालका अत्यन्तै नयाँ प्रविधि हो । यसमा फाइबरको केबुल घरको कोठामा ढलान गर्ने अघि यसलाइ बिछ्याएको हुन्छ । माथिबाट सिमेन्टको ढल गर्ने सकिने बताएको छ । यसको प्रयोगबाट विद्युत उर्जालाइ कम गर्न सकिने छ। यो मौसम अनुकुल कोठाहरुको तापक्रम राख्ने गर्छ । काठमाडौंको बौद्ध तीनचुलीमा सो कम्पनीको कार्यालबाट अहिले बिक्री वितरण सुरु गरिएको जनाइएको छ ।

Facebook Comments

LEAVE A REPLY