धम्पुस र ब्रेकन शहरबीच भगिनी सम्बन्ध

15

कास्की, कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । दुई शहरका बीचमा संस्कृति आदानप्रदान तथा सामाजिक र आर्थिक विकासमा भगिनी सम्बन्धले सहयोग पुग्ने विश्वास गरिएको छ । 

पर्यटकीय गाउँ धम्पुस र ब्रेकन शहरकाबीच भगिनी सम्बन्ध पत्रमा आज यहाँ हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका प्रमुख काउन्सिलर म्यान्नी ट्रेलर र उपप्रमुख टाउन क्लार्क फियोना विलियम्सले भगिनी सम्बन्ध पत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले माछापुच्छ«ेका अध्यक्ष, वडाध्यक्ष तथा ब्रेकन सिटीका प्रमुख, उपप्रमुखलाई शपथ गराउँदै धम्पुस, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवद्र्धनमा भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

ब्रेकनका प्रमुख ट्रेलरले पहिलो पटक नेपालमा आएर पर्यटकीय गाउँसँग सम्बन्ध गाँस्न पाउँदा खुशी लागेको बताउँदै नेपाल र बेलायतबीचको विगतदेखिको ऐतिहासिक सम्बन्ध थप प्रगाढ हुने भनाइ राख्नुभयो । गाउँपालिका अध्यक्ष गुरुङले यस सम्बन्धबाट पारस्परिक हित र गाउँपालिकाको सामाजिक विकासमा मद्दत पुग्ने बताउनुभयो । मितेरी सम्बन्ध स्थापनाका लागि संयोजन गर्नुभएका गोर्खा मेजर खुशीमान गुरुङले करीब डेढ वर्षको मिहिनेत र प्रयासपछि दुई शहरबीच मितेरी सम्बन्ध गाँसिएको बताउनुभयो । 

Facebook Comments

LEAVE A REPLY