अँध्यारो भएपछि उद्घाटन खेल स्थगित

85

धरान, अँध्यारो भएपछि धरानमा आजदेखि शुरु भएको २१औँ बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित भएको छ । सीएमजी क्लब सङ्कटा र मेची नेत्रालय काँकरभिट्टाबीचको खेल स्थगित भएको हो । 

उद्घाटन शत्र लामो भएका कारण खेल ढिलो गरी शुरु भएको थियो । धरान रङ्गशालामा भएको खेलमा दुवै टिमले दुई–दुई गोल गरेका थिए । टाइब्रेकरमा पनि दुवै टिमका तर्फबाट चार÷चार गोल भएको थियो । अँध्यारो भएपछि खेल रोकिएको थियो । खेल सोमबार टाइब्रेकरमार्फत टुङ्ग्याउने सहमति भएको आयोजकले जनाएको छ । 

यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गर्नुभएको थियो । सोमबार खेल नेपाल पुलिस क्लब र सहारा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । 

Facebook Comments

LEAVE A REPLY