सातवटै प्रदेशमा सञ्चारग्रामः सचिव गुरुङ

11

पोखरा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सातवटै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने बताउनुभएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सञ्चारग्रामका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएकाले स्थापनाको प्रक्रिया थालिएको जानकारी दिनुभयो । सञ्चार सेवाअन्तर्गत हुलाक सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ थियो । “आगामी दिनमा हाल सूचना केन्द्रमार्पmत भइरहेका काम हुलाकमार्पmत गरिनेछ,” उहाँले भन्नुभयो । पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित सञ्चारगृहमा पहल गरिरहेको उहाँले बताउनुभयो । कार्यान्वयन नगर्नेलाई सरकारी सुविधाबाट वञ्चित गरिने सचिव गुरुङले बताउनुभयो । 

मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले परिवर्तित सन्दर्भमा सञ्चार क्षेत्रलाई कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्पm मन्त्रालय लक्षित भएको बताउनुभयो । सहसचिव वीरेन्द्रकुमार मिश्रले इमेल निर्देशिकाबारे जानकारी गराउनुभयो । उपसचिवद्वय मुकुन्द शर्मा र शिवकुमार पोख्रेलले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि भइरहेका पहलबारे आ–आफ्ना धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ र जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले आम सञ्चार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । गण्डकी प्रदेशअन्तर्गतका सञ्चार तथा सूचना प्रविधिसँग सरोकार राख्ने मन्त्रालयका अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति रहेको सो अन्तरक्रिया सोमबारसम्म चल्ने छ । 

Facebook Comments

LEAVE A REPLY